ताजा खबर

रोनाल्डोलाई फिफा बेस्ट प्लेयरको अवार्ड

प्रकाशित मिति: January 10, 2017

loading...


काठमाडौं, पुस २६ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् ।

विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।

रोनाल्डोले गत वर्ष रियाल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए भने पोर्चुगललाई युरो कप फुटबल जिताएका थिए ।

यही सफलताको लागि उनलाई गत डिसेम्बरमा बलुन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो । फिफा अवार्ड समारोहमा उत्कृष्ट प्रशिक्षकको अवार्ड भने ईटालीयन प्रशिक्षक क्लाउडियो र्‍यानेरीले जितेका छन् । र्‍यानेरीले अघिल्लो सिजन अप्रत्याशित रुपमा लेष्टर सिटीलाई इंग्लीश प्रिमियर लिग फुटबल जिताएका थिए ।

यसैगरी अमेरिकी फुटबल खेलाडी कार्ली लोएड उत्कृष्ट महिला फुटबलर घोषित हुँदा मलेसीयाको पेनाङ्ग फुटबल क्लवका खेलाडी मोहोमद फैज सुब्रीले उत्कृष्ट गोलको अवार्ड जिते ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np