ताजा खबर

जनताको अभिमत अनुसार ५ नम्बर प्रदेशको सीमाङ्कन : डा. महत

प्रकाशित मिति: January 10, 2017

loading...


सुदुर खबर, कैलाली, पुस २६ । नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमाङ्कन गर्नु पर्ने बताउनुभएको छ ।

धनगढीमा आज आयोजित काङ्ग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएको नेता महतले सो कुरा बताउनुभएको हो । उहाँले काँग्रेसले लिएको आर्थिक उदार नीतिमा अहिले सबै दलहरु आउनु परेको बताउनभयो ।

पूर्व अर्थमन्त्री डा. महतले काङ्ग्रेसले अगुवाई गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीतिमा सवै दलहरु आउनु परेकोले नेता कार्यकर्ताले शिर ठाडो गरेर पार्टीको संगठनमा लाग्नु पर्ने बताउनुभयो ।

२०४८ देखि काङ्ग्रेसले अघि सारेको आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बावजूत देशको अर्थ व्यवस्था टिकेर बसेको दावी उहाले गर्नुभयो ।

काङ्ग्रेसका नेता एवं बन तथा भू–संरक्षण र राज्य मन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर संगठनमा लाग्नु पर्ने बताउनुभयो । काङ्ग्रेसका अर्का नेता एवं सांसद रामकृष्ण यादवले एमाले र मधेशी मोर्चाको अतिवादमा अहिले देश फसेको दावी गर्दै यसलाई निकास दिन कांग्रेस सक्षम रहेको बताउनु भयो ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np