ताजा खबर

छुट्टै गाउँपालिकाको माग गर्दै सिमा चौकीमा आगजनीको प्रयास

प्रकाशित मिति: January 10, 2017

loading...


सुदुर खबर, बझाङ, पुस २६ । छुट्टै गाउँपालिकाको माग गर्दै झण्डै चार महिनादेखि आन्दोलनरत बझाङको काँडा गाविसका स्थानीयले सिमा प्रहरी चौकीमा आगजनीको प्रयास गरेका छन् ।

गाउँपालिका नबन्नेपछि गाविसको परिषद समेत बहिस्कार स्थानीयले तीन दिनदेखि सीमा प्रहरी चौकी घेराउ गरेका थिए । यही क्रमम आक्रोशित स्थानीयले चौकी छोड्न भन्दै नाराजुलुस गर्दै प्रहरी चौकीमा आगजनी गर्ने प्रयास समेत गरेका छन् ।

चौकीमा आगजनी गर्दा चौकीको भान्साको टहरा जलेको छ भने प्रहरी चौकीमा कुनै क्षति नभएको स्थानीय शेरबहादुर बोहराले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने आक्रोशित व्यक्तिहरुले हानेको ढुङ्गा लागेर प्रहरी चौकीको साइनबोर्डमा क्षति पुगेको तर आगजनी नभएको बताउनुभयो ।

काँडा गाविस तनाबग्रस्त भएपछि जिल्लाबाट स्थितीलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जना प्रहरी त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

मंगलबार बिहान ५ बजे सदरमुकाम चैनपुरबाट हिँडेको प्रहरी टोलीलाई गाविसमा प्रवेश गर्न नदिने तयारीमा काँडाबासीहरु रहेको जनाइएको छ । काँडा गाउँपाललिका संर्घष समितिका संयोजक मानबहादुर बोहराले भन्नुभयो ‘जिल्लाबाट आएका प्रहरीलाई कुनै पनि हालतमा काँडामा प्रबेश गर्न दिइदैन । जबरजस्ती गर्न खोजे त्यसबाट हुने क्षतिको जिम्मेवार प्रहरी आफैले लिनु पर्छ ।’

यस अघि पनि गाउँपालिकाकको माग गर्दै काँडा गाविसका पाँच सय १५ जनाले नागरिकता फिर्ता गर्नुका साथै जिल्ला विकास समितिको काममा अवरोध गरेका थिए ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np