ताजा खबर

महिनावारीको बेला तिर्खा लाग्दा पानी पिउन पनि अरुकै भर

प्रकाशित मिति: January 10, 2017

loading...


सुदुर खबर,बझाङ, पुस २६ । छाउपडी प्रथा विरुद्ध बझाङमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाले अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । केही गाविसमा अझै छाउपडी प्रथा कायमै छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ धामीलेखमा यो समस्या सबैभन्दा धेरै छ । झण्डै ९५ परिवार बसोबास गर्ने यस वडामा २० वटा भन्दा धेरै छाउ गोठ रहेको स्थानीय सिद्धराज जोशीले बताउनुभयो ।

अहिलेसम्म यस गाउँका महिलाहरु छाउ (रजस्वला) र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्ने गरेको स्थानीय सीता सिंहले बताउनुभयो । आफूले छाउगोठ भत्काउन प्रयास गरेपनि सम्भव नभएको स्थानीय बासिन्दा भत्तराज जोशीले बताउनुभयो ।

आफ्नो परिवारका महिलाहरु महिनावारी भएको बेलामा घरमै राख्ने गरेको भएपनि समाजले नानाथरी कुरा काट्ने गरेको उहाँले बताउनुभयो । राजनीतिक क्षेत्रबाट यो पहल सम्भव नभएकोले सामाजिक क्षेत्रबाट अभियान चलाउनुपर्ने उहाँको भनाई छ ।

महिनावारी भएको भएको ७ दिनसम्म यहाँका महिलाहरुले कडा काम गर्नु पर्ने, पानी खाने धारामा जान नमिल्ने, अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने, कोही मान्छे फेला नपरे पानी खान नै नपाइने समस्या रहेको सत्यदेवी जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘छाउ भएका बेलामा बिहान उठेर काममा जानु पर्छ , दिउँसो घर आँउदा कहिले काँही कोही हुँदैनन्, पानी तिर्खा लागेको हुन्छ । तर पानी खान धारामा जान पाईंदैन निकै समस्या छ ।’

यो आफ्नो मात्र नभई यस गाँउका सबै महिलाको समस्या रहेको उहाँले बताउनुभयो । घर भित्र बस्ने रहर भएपनि आफू समाज र बुढापाकाको डरले छाउ गोठमा नै बस्नु पर्ने बाध्यता रहेको यहाँका महिलाको गुनासो छ ।

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np