ताजा खबर

अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रंखलाबद्ध आक्रमणबाट ५१ को मृत्यु

प्रकाशित मिति: January 11, 2017

loading...


अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रृँखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । राजधानी काबुलमा रहेको संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ ।
घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले गरेको आत्मघाती बम विस्फोटनमा परि कम्तिमा सात जनाको ज्यान गएको छ । गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्टहाउसलाई लक्षित गरि आक्रमण भएको हो । संसद भवन नजिक व्यस्त समयमा भएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशर्फ घानीले आक्रमणमा संलग्न सबैलाई पक्राउ गरिने दाबी गरेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ । एजेन्सी !

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np