ताजा खबर

प्लेनमा भेटियो साँप, अनि के भयो ?

प्रकाशित मिति: January 11, 2017

loading...


काठमाडौं, २७ पुस — प्लेन चढेर पुग्नु छ कहाँ कहाँ, ढोकाभित्र पस्नेबित्तिकै भेटिन्छ साँप । के हालत हुन्छ होला यात्रुको ?
लगभग यस्तै स्थिति बन्यो एमिरेट्सको एक फ्लाइटमा । खलीज टाइम्सको एक रिपोर्ट अनुसार पुस २४ गते ओमानबाट दुबई उड्न ठिक्क परेको एमिरेट्सको फ्लाइट संख्या ईके–०८६३ भित्र विषालु सर्प भेटियो ।

धन्य, यात्रुहरू चढ्नुअघि नै विमान कर्मचारीले सर्प देखेका रहेछन् ।
कुनै दुर्घटना हुनुअघि नै फ्लाइट क्यान्सिल भयो ।
प्लेनको कार्गो राख्ने ठाउँमा सर्प आएर लुकेको रहेछ ।
एमिरेट्स एयरलाइन्सले यस विषयमा छानबिन हुने बताएको छ ।दुई महिनाअघि एयर मेक्सिकोको विमानमा
पनि सर्प छिरेको थियो । उक्त विमान तरियोनबाट राजधानी मेक्सिको सिटी जाँदै थियो ।
प्लेनमा सामान राख्ने क्रममा क्याबिनमा लुकेको साँप बाहिर आयो । अनि त यात्रु र विमान कर्मचारीको सातो गयो ।
यात्रुहरू सिट छोडेर चिच्याउँदै भाग्न थाले । पछि बल्ल विमान कर्मचारीले साँपमाथि कम्बल फालेर उसलाई नियन्त्रणमा लिए । प्लेन अवतरण नभएसम्म यात्रुहरू आतंकित भइरहे । एजेन्सी

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np