ताजा खबर

चाइनिज टिभीमा यसरी प्रसारण भयो नेपाली फिल्म ‘सिन्दुर’

प्रकाशित मिति: January 11, 2017

loading...


काठमाडौं। एसियाको ठुलो मुलुक चीनको पहिलो ग्रेडको टेलिभिज च्यानल नेपाली ‘एक्सजेडटिभी’ (XZTV) बाट नेपाली फिल्म प्रसारण हुँदा धेरै चकित परे । चाइनिज टिभीमा पहिलो पटक दाबी गरिएको ‘सिन्दुर’ प्रसारण हुँदा उक्त टिभी हेरिरहेका अनि च्यानल घुमाउँदै त्यहाँ पुग्दा नेपाली फिल्म देखेर आश्चर्यमा परेका नेपाली दर्शकले ‘सिन्दुर’ आउँदासम्म हेरिरहे, रिमोर्ट परिवर्तन गरेनन् ।

(सिन्दुरको एक दृश्यमा अभिनेता विश्व वस्नेत)

बुझ्नमा आएअनुसार उक्त टेलिभिजनले ‘सिन्दुर’को प्रशारण अधिकार खरिद गरेर चाइनिज भाषाको सव-टाइटल सहित फिल्म प्रसारण गरेको थियो । आइतवार राती नेपाली समय अनुसार नौ बजे ‘सिन्दुर’ प्रसारण भएको थियो ।

(सिन्दुरको एक दृश्यमा अभिनेत्री मिनाक्षी आनन्दी)

पछिल्लो पटक नेपालमा आएका एक चिनियाँ फिल्म निर्देशकले पनि नेपाली फिल्मलाई चाइनिज फिल्म उद्योगले नजिकबाट नियालेको बोलेका थिए । श्रोतका अनुसार उक्त टेलिभिजनले आगामी दिनमा पनि साप्ताहिक रुपमा उत्कृष्ट मानिएका नेपाली फिल्महरु प्रसारण गर्दै जाने बताइएको छ ।

विश्वव्यापी बन्दै गरेको नेपाली फिल्म उद्योगमा सबैभन्दा नजिकको छिमेकी मानिने भारतिय टेलिभिजनमा समेत नेपाली फिल्मले राम्रो साथ नपाएको अनि भारतले नेपाली फिल्म उद्योगप्रति हेर्ने दृष्टिकोण अझै दूर रहेको खण्डमा चीनले देखाएको अग्रसरतालाई स्वागतयोग्य मानिएको छ ।
साभार फिल्मीखबर

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np