ताजा खबर

राष्ट्रपति हुँदै गरेका ट्रम्पले अमेरिकाबाट २५ नेपालीलाई देश निकाला गरे

प्रकाशित मिति: January 11, 2017

loading...


पुस २७ । अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । उनीहरु आर्थिक वर्ष २०१६ को अवधि अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएका थिए ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको थियो ईअलनेपाल बाट साभार !

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

काठमाडौं, माघ ४ । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका......

नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट सुरु हुँदै

काठमाण्डौँ, माघ ४ । नेपाल-चीन थिंक ट्यांकसम्वन्धी सम्मेलन आजबाट......

साढे ८ किलो चरेशसहित एक जना पक्राउ

काठमाण्डौँ, माघ ४ । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट......

धादिङमा बस दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं, माघ ४ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np