बैतडीको च्वागढ क्षेत्रको विकास र संबृद्धीका लागि अनवरत रुपमा खटेका छौ, सक्षम नेतृत्वको खाचो छ – नेता रोशन


बैतडी, कार्तिक -०४ : सिगास गाउँपालिकाको बिकास र समृद्धिको लागि अनवरत खटिरहेको नेकपा नेता रोशन साउदले दाबी गरेका छन। हामी च्वागढ क्षेत्र बिकासका लागि मिसनमा एक्यवद्ध छौ नेकपा नेता रोशन साउदले भने।


उनले भने “सिगास गाउँपालिका अन्य गाउँपालिका भन्दा पनि शुन्यता बाट बिकास सुरुवात गरेको गाउँपालिका हो। यहा भौगोलिक बिकटता पनि छ। उसरि पनि बैतडिको सबैभन्दा दुर्गम च्वागढ क्षेत्र भनेर चिनिएको क्षेत्र हो।तथापि संघिय प्रणाली अनुसार स्थानीय सरकार मातहतमा अधिकार सम्पन्न निकाय स्थानीय सरकार आइसकेपछि जसरि बिकास हुनुपर्ने हो त्यस्तो देखिएन। नागरिकले अपेक्षा गरे अनुरुप बिकास निर्माण भएन। सिगास गाउँपालिकाले जनभावना अनुसार काम गर्न नसक्नुले पनि नागरिक स्तरबाट प्रश्न खडा भएका छन। स्थानीय सरकार संयन्त्र सन्चालनमा चुकेको देखिन्छ ।यस्तै नेतृत्वमा स्पष्ट योजना खाका मिसन नहुनुले पनि सोचे बमोजिम बिकास हुन नसकेको ठहर छ”।



सिगासमा पार्टी र नातावाद हावी भएको देखिन्छ। पछिल्लो समयमा कर्मचारि भर्नाका बिषय बिबादित बन्दै गएका परिपेक्ष्यमा व्यक्तिगत स्वार्थ लुकेको हुनसक्ने उनले बताए। सिगासमा जनप्रतिनिधिहरु नागरिकहरुका हकमा अभिभावकत्वको भुमिका खेल्न नसक्नु बिडम्बना हो हामी र हाम्रो भन्ने भावना भएन साउदले तिक्तता ब्यक्त गरे।


गाउँपालिका अध्यक्षले प्रदेश सरकारका योजनामा कमिसन केन्द्रीत बिकास भयो भनेर निराधार तथ्यहिन आरोप लगाएर आफ्ना कमिकमजोरी लुकाउने प्रयत्न गरेको उनले आरोप लगाए। सिगासमा संख्यात्मक हिसाबले बहुमत हाम्रो नै हो तर वडा अध्यक्षहरुले प्रभावकारी भुमिका नखेल्नसक्नु विडम्बनाको विषय छ साउदले भने।
नेतृत्वको खोजि
अब हामी सिगासका लागि उचित विकल्प र नेतृत्वको खोज मा तल्लिन छौ ।च्वाँगढ क्षेत्रको प्रत्येक समुदायका समस्या र जनभावना लाइ केन्द्रित गरेर नेतृत्वदायि भुमिका खेल्ने युवा एबम सक्रिय भुमिका निर्वाह गर्न सक्ने नेतृत्व निर्माणमा कटिबद्ध भएर जुटका छौ। अव गत बिगतका सम्पुर्ण कमिकमजोरी लाइ समिक्षा गरेर नयाँ तरिकाले हिजोका तिक्तता रिक्ततालाइ परिपूर्ति गर्दै नेपाल कम्युनिष्ट पार्टी बिकास र समृद्धिको मिसनमा जाने नेता साउदले प्रतिबद्धता जनाए ।



