हप्ता दिनकोआईतबार र मंगलबारको दिनमा धार्मिक रुपले प्रशिद्ध मानिने तुलसी नटिप्नु नै बेशः हैन भने अशुभको संकेत…

धार्मिक:  हिन्दू धर्ममा तुलसीको बोटको विशेष महत्व हुने गर्दछ । घरमा तुलसीको बोट लगाउनाले सुख र समृद्धि छाउने विश्वास छ . तुलसीको बिरुवा माता लक्ष्मीको प्रतीक हो, यसलाई घरमा लगाउनाले धनको कमी हुदैन । यसको बाहेक घरमा सकारात्मक ऊर्जा प्रवेश हुन थाल्छ । शास्त्रमा तुलसीको पातलाई टिप्ने र लगाउनेको बारेमा केही नियम बताईएको छ ।

 

– वास्तु शास्त्र अनुसार तुलसीलाई सधै घरको उत्तर र पूर्व दिशामा लगाउनु पर्दछ । दक्षिण दिशा र भान्सा नजिक कहिले तुलसीको बोट रोप्नु हुदैन ।

– शास्त्रमा तुलसीको पात टिप्दा ध्यान दिनुपर्ने बताईएको छ, जसअनुसार आइतबार र मंगलबारको दिन तुलसीको पात टिप्न हुदैन । आइतबारको दिन भगवान विष्णुको सबैभन्दा प्रिय दिन मानिन्छ ।

 

– एकादशी, संक्रान्ति, सूर्य ग्रहण, चन्द्र ग्रहण र बेलुकाको समयमा तुलसीको पात टिप्न हुदैन । साथै विनाकारण कहिले पनि तुलसीको पात टिप्न हुदैन ।

Loading...