कुन उमेरका बच्चालाई के खुवाउने ? पुरा जानकारी लिनुहोस
जानकारी: बच्चाहरुलाई सानैदेखि सफा र स्वस्थ खानेकुरा खाने बानि सिकाउनु /गराउनु पर्दछ। स्वस्थ खाना खानाले बच्चाको तीक्ष्ण बुद्धि, स्वस्थ र फुर्तिलो शरीर हुनुको साथै शरीरमा ऊर्जा पैदा गरि वृद्धि र बिकाशमा गतिशिलता प्रदान गर्दछ। सानैदेखि पौस्टिक खाना खान प्रोत्षाहित गर्ने हो भने बच्चाहरु उमेर अनुसारको वृद्धि र विकास हुदै जान्छन । बच्चाहरुको लागि चाहिने पोषणयुक्त खाना सिद्धान्तत वयस्ककै खाना समान छ।


सबै व्यक्तिहरूलाई भिटामिन, खनिज, प्रोटिन, कार्बोहाइड्रेट र बोसो सहित पोषकतत्त्व भएकै खाना चाहिन्छ । फरक फरक उमेर र लिंगमा खानाको क्यालोरी र पौष्टिक आहाराको मात्रा फरक फरक हुन्छ। आफ्नो बच्चाहरुकोलागि खाना वा खाजा तालिकामा, निम्न लिखित तलका पोषणयुक्त खाना समाबेश गर्नु जरुरी छ।




प्रोटिन (Protein) – मासु , अन्डा , गेडागुडी ,भटमास आदि।
फलफुल (Fruits) – ताजा मौसम अनुसारको फलफूलको रस।
तरकारी (Vegetables) – ताजा मौसम अनुसारको तरकारीहरू।
अन्न (Grains) – गहु, मकै, चामल लगायत अन्नबाट बनेका खानाहरु।
दुग्ध पदार्थ (Dairy) – कम बोशोयुक्त दुध ,दही , चिज, भटमासको पेय पदार्थहरु।
बोशो (Fat), चिनी(Sugar), नुन(Salt ) – बच्चालाई खाना बनाउदा बोशो, चिनी र नुनको मात्रामा बिशेष ध्यान पुर्याउनु पर्दछ।


बच्चाहरु बुझ्नेभएपछि ठुलो मान्छेको नक्कल गर्ने भएकोले उनीहरुको अगाडी ताजा र स्वस्थ खानेकुरा खान जरुरि छ। बजारमा पाईने व्यवशायिक परिकार जस्तै आलु चिप्स, चाउचाउ, कोकोकोला लगायत जंक फूड (junk food) बच्चाको पहुच भन्दा टाढा राख्नुनै उत्तम हुन्छ। यस्ता खानेकुरामा खानाको स्तर अनुसार चाहिने पोषण भन्दा धेरै गुणा कम पोषण र थप रसायन हुने भएकोले बच्चालाई फाइदा भन्दा बेफाइदा बढी गर्दछ जसको कारण बच्चामा उमेर अनुसारको तौल नहुने र कुपोषण हुने हुन्छ । त्येसैले बच्चालाई ताजा सामग्रीबाट घरमै परिकार बनाइ खुवाउनु अत्यन्त जरुरी छ।
बच्चाको उमेर अनुसार खुवाउने खानाको तालिका :
यहाँ दिईएको खानाको तालिका अनुसार बच्चालाई कुन उमेरमा कस्तो खाना खुवाउन पर्दछ भन्ने कुरामा यहालाई मद्दत गर्नेछ । यसमा दिईएको खानाको जानकारी समग्रमा मात्र हुन। प्रत्येक बच्चा फरक हुन्छ र उसलाई चाहिने खानाको मात्रा पनि फरक पर्दछ। त्येसैले यहाँ दिईएको तालिकालाई पूर्ण रुपले अनुसरण गर्ने काम नगरौ।
पहिलो ४ महिना

के खुवाउने ?
आमाको दुध वा बट्टाको धुलो दुध।
पहिलो ६ महिना बच्चालाई आमाको दुध बाहेक केहि चाहिदैन। यदि आमाको दुध बच्चालाई पुग्ने छ भने अरु केहि खुवाउनु पर्दैन। आमाको दुध पर्याप्त मात्रामा निकाल्न आमाले रसिलो र पौस्टिक खानेकुराको मात्रा पर्याप्त खानु पर्दछ। यदि यति गर्दा पनि आमाको दुध पर्याप्त आउदैन भने बच्चालाई बट्टाको धुलो दुध खुवाउनु सकिन्छ।
कति खुवाउने ?
कम्तिमा प्रत्येक २-३ घण्टा दिनमा र ३-४ घण्टा रातमा
के खुवाउन हुदैन?
आमाको दुध वा बट्टाको धुलो दुध बाहेक अरु केहि खुवाउन हुदैन।
जानिराखौ : आमाको दुध बट्टाको दुध भन्दा चाडो र राम्ररी पच्ने भएकोले आमाको दुधखाने बच्चा चाडै भोकाउछ र धेरै खान्छ।
४-६ महिना
धेरै जसो बच्चालाई ६ महिना सम्म दुधले मात्र पुग्दछ। तर कुनै बच्चालाई दुधले मात्र नपुग्ने हुन सक्दछ। त्येसैले दुध बाहेक अरु बच्चाले पचाउन सक्ने खानेकुरा दिन सकिन्छ। यदि बच्चालाई दुध बाहेक अरु खानेकुरा खुवाउने हो भने , त्येस्तो खानेकुरा झोल वा लेदो हुन जरुरी छ। झोल वा लेदो खाना बच्चाले सजिलै निल्न सक्दछ र कतै अड्काउने डर हुदैन। यसरि नया खानेकुरा शुरु गर्दा एक पटकमा एउटा मात्रा नया खाना खुवाउनु पर्दछ। अर्को प्रकारको नया खाना ३-४ दिनको फरकमा परिबर्तन गर्न सकिन्छ। नेपालमा दुध बाहेक सुरुको खानानै लिटो दिने चलन छ। तर हामी सबैजसोको भान्छामा पाक्ने दाल पहिलो खानाको रुपमा सुरु गर्न सकिन्छ। दिनको ३-४ पटक १-१ चम्चाको हिसाबले बाक्लो दालको माड ३-४ दिन सम्म दिन सकिन्छ। यदि यो खान दिने क्रममा बच्चाको जिउमा एलर्जीको फोकाहरु देखियो भने तत्काल खाना रोक्नु पर्दछ र केहि हप्ता पछि फेरी खान दिन सकिन्छ। तर धेरै अनुसन्धान क्रममा प्रोटिन (दाल) पचाउन गाह्रो हुने देखिएको छ। त्येसैले गेडागुडी ६ महिना पछि खान दिदा राम्रो हुन्छ। यसरी बच्चामा पचाउन गार्हो भएको देखियो भने भातको माड, उसिनेको फलफुल वा तरकारीबाट सुरु गर्न सकिन्छ।
के खुवाउने ?
आमाको दुध, बट्टाको धुलो दुध, फलफुल /तरकारी ( नपुग्नेको लागि मात्र )
के खुवाउन हुदैन?
जुनसुकै पनि चपाउन पर्ने खाना
अमिलो खाना
दुधको परिकार
नया थप्न सकिने खाना :
बाक्लो दालको झोल
भातको माड
फलफूलको रस
५-१० मिनेट सम्म ऊसिनेको फलफुल वा तरकारीको लेदो (puree )
फलफुल / तरकारीको लेदो (puree ) कसरि बनाउने ?
पाकेको फलफुल (जस्तै : स्याउ, अवोकाड़ो, नासपाती, मेवा आदि), तरकारी (जस्तै :फर्सी, गाजर, काउली, आलु आदि) राम्ररी पखाल्ने।
बोक्रा ताछ्ने र धेरै ठुलो छ भने सानो टुक्रा पार्ने।
काटेको टुक्रालाई उम्लिएको पानी वा बाफ मा ५-१० मिनेट पकाउने।
पाकेर सेलाए पछि हातले मिच्माच पार्ने र अलिकति पानी हालेर गिलासमा चम्चाले घोल्ने , यदि घरमा मिक्सर (mixer/grinder)छ भने मिक्सरमा घोल्ने।
यति गरेपछि चिया छान्नेले छान्ने।
छानेको लेदो बच्चालाई खुवाउन तयार भयो।
यस्तो खाना एकपटकमा १ चम्चा बाट सुरु गर्न सकिन्छ। यदि बच्चाले खायो भने बिस्तारै बढाउन सकिन्छ।
यदि बच्चाले खान मानेन भने जबरजस्ती खुवाउनु हुदैन। २-३ दिन पछि फेरी खुवाउन कोशिश गर्न सकिन्छ।
जानिराखौ : प्रत्येक बच्चा भिन्न किसिमका हुन्छन। कुनै पनि २ बच्चाले एकै किसिमले खादैनन्। अरुको बच्चासंग आफ्नो बच्चा कहिले तुलना गर्नु हुदैन। अरु छरछिमेकले यो उमेरमा यति खान्छ उति खान्छ भन्दैमा उनीहरुको कुरामा पछि नलागी बरु त्येस्तो कुनै समस्या छ जस्तो लाग्छ भने सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
६- ८ महिना
यो उमेरमा बच्चालाई ठोस खानेकुरा खुवाउन सकिन्छ। यदि ६ महिना अगाडी ठोस खाना खुवाइएको छैन भने माथि दिइएको तरिकाले ठोसबाट झोल वा लेदो बनाई खुवाउन सुरु गर्न सकिन्छ।
के खुवाउने ?
आमाको दुध, बट्टाको धुलो दुध
दालको झोल, भातको माड
दुधमा मिचिएको केरा
फलफुल वा तरकारीको लेदो (puree )
२ वटा फलफुल वा २ वटा तरकारीको लेदो (puree) मिसाएर
लिटो
दुधको परिकार ( दही, चिज,पनिर)
गेडागूडी
घिउ
के खुवाउन हुदैन?
चपाउन पर्ने कुराहरु – बच्चाले चपाउन सक्दैन र अड्काउछ ।
चिल्लोरहित दही – यो उमेरको बच्चामा मस्तिस्क बिकासको लागि चिल्लोपदार्थ बढी मात्रमा चाहिन्छ । त्यसैले बजारमा पाइने चिल्लो रहित दही भन्दा घरमै बनाएको दही लाभदायक हुन्छ ।
जानिराखौ :यो उमेरको बच्चामा कुनै नयाँ खानेकुरो (जस्तै :अन्डा, माछा, मासु) खानदिनु भन्दा पहिला त्यो नयाँ खाना मात्र खान दिएर जाच गर्नु राम्रो हुन्छ। पहिलो चोटि खान दिदा अरु खान भित्र हालेर खुवाउनु उचित हुँदैन । कुनै पनि खानाले यलर्जी निम्त्याउने हुनाले अलिकती खान दिएर जाच गरेर खुवाउनाले बच्चालाई जोगाउन सकिन्छ ।
८-१० महिना :
के खुवाउने ?
आमाको दुध , बट्टाको धुलो दुध
फलफुल व तरकारीको लेदो
लिटो
दुधको परिकार ( दही, चिज,पनिर)
गेडागूडी
नयाँ खाना (अन्डा, माछा, मासु )
अन्डा -अन्डा खान सुरु गर्दा जहिलेपनी पहेलो भाग सुरुमा खान दिनु पर्दछ । अन्डाको सेतो भागले एलर्जी गर्ने भएकोले १ बर्षको उमेर पछी खुवाउनु राम्रो हुन्छ।
माछा, मासु सुरु गर्दा दुबै एकैचोटी खान दिनु हुँदैन। १ पटकमा एक थरी मात्र गरी बिस्तारै खुवाउनु पर्दछ। तरकारी र फलफुल जस्तै माछा र मासुलाई पनि मिचेर लेदो बनाएर खुवाउन पर्दछ।
१०-१२ महिना :
के खुवाउने ?
माथि दिईएको १० महिना सम्म खुवाउन मिल्ने खानाहरु
नयाँ खुवाउन मिल्ने : घरमा पाक्ने जुनसुकै खानेकुरा दिन सकिन्छ तर याद रहोस् धेरै चिल्लो, मसलेदार, नुनिलो र पिरो हुन हुँदैन ।
के खुवाउन हुदैन?
गाइको दुध
मह – १ बर्ष अगाडि मह खुवाउन हुँदैन । १ बर्ष मुनिको बच्चामा महले बोटुलिज्म (botulism) गराउने हुँदा महबाट बच्चालाई टाढा राख्नु पर्दछ ।
जानिराखौ : ठोस खानेकुरा खुवाउन सुरु गर्दा पानी पनि सङ्सङै पियाउनु राम्रो हुन्छ । दिनको १५०मी लि सम्म पियाउदा ठिकै हुन्छ । ठोस खानेकुरा सुरु गरेपछी बच्चालाई कब्जियत सुरु हुने हुँदा पानीले फाईदा गर्दछ ।
१ बर्ष मुनिका बच्चाहरुलाई दिन नमिल्ने खानेकुराहरु :
अड्काउन सक्ने खानेकुराहरु :
सिङो गेडाजन्य खाना : बदाम, काजु,पेस्ता,भुटेको मकै भट्मास आदी। यिनिहरुलाई धुलो बनाएर बच्चा ३ बर्ष नहुन्जेल खुवाउन सकिन्छ ।
ठुलो फलफुल : बयर, अङ्गुर, काफल, जामुन, गाजर,काक्रो, स्याउको टुक्रा आदी ।
चक्लेट : सार्हो चक्लेट वा जेल्ली
एलर्जी हुने खानेकुरा :
बदामहरु
अन्डा
समुन्द्रका उत्पादन (seafood)
फलफुल :स्ट्रबेरी, अमिलो (कागती, सुन्तला ) जस्ले दुख्ने गरी डाबर आउन सक्दछ ।
चक्लेट
अन्य :
गाइको दुध: बच्चा १ बर्षको नहुँदा सम्म गाइको दुध दिन हुँदैन । गाईको दुधमा अधिक मात्रामा प्रोटिन र नुन हुने भएकोले
१ बर्ष मुनिको बच्चाको जिउले धान्न सक्दैन । यसमा फलाम तत्व र राम्रो चिल्लो पदार्थ (essential fatty acid )को मात्रा पनि आमाको दुध वा बट्टाको दुध भन्दा कम हुन्छ जुन चाँही बच्चालाई बढनको लागि अत्तिनै आवस्यक हुन्छ। कुनै कुनै बच्चामा गाइको दुधले गर्द एलर्जी पनि देखिएको छ ।
मह : महमा Clostridium botulinum को स्पोर हुने भएकोले बच्चालाई खतरनाक हुन्छ ।
पास्चुराइज नगरेको दुध
चिया कफी : चिया र कफीमा केफिन भन्ने तत्व हुने हुँदा यस्ले क्याल्सियम सोस्नमा अबरोध गर्ने गर्दछ ।
ग्यास भएको पेय पदार्थ : सोडा, कोलामा चाहिने भन्दा बदी चिनी, नुन, रसायन, हुन्छ जुन बच्चामा हानिकारक हुन्छ । ग्यासले गर्दा बच्चाको पेट दुख्ने समस्या हुन सक्छ ।
नुन : १ बर्षमुनिको बच्चालाई खानामा नुन हाल्नु जरुरि छैन। नुन एक रसायन हो जुन हामीलाई चाहिन्छ तर थोरै मात्रामा। हाम्रो शरीरलाई चाहिने नुन शरीरमा सोसिंछ, नसोसेको नुन पिशाबमा बाहिर फालिन्छ। पिशाब भएर बाहिर आउदा छान्ने काम मृगौलाले गर्दछ। बच्चाको मृगौला राम्ररी बिकाश भैसकेको हुदैन, जे कुरा पनि अति मात्रामा भयो भने हानि गर्दछ। धेरै नुनले मृगौलाको क्षति हुन सक्दछ। बच्चालाई चाहिने नुनको मात्रा आमाको दुध वा बट्टाको दुधबाटनै पूर्ति हुन्छ। त्येसैले छुट्टै नुन हालिरहनु पर्दैन। बच्चालाई नुन को स्वाद कस्तो हुन्छ भन्ने थाहा हुदैन।
हामीले नुनको स्वाद सिकेको भएर मात्र हामीलाई नुनको स्वाद यस्तो हुन्छ भनेर थाहा भएको हो नत्र भने हामीले सानैदेखि थोरै नुन हालेर खाने बानि भएको भए हामीलाई थोरै नुनले नै पुग्थ्यो। बच्चाको मुखमा कुनै स्वाद बसी नसकेकोले ऊसलाई खानामा नुन चाहिने हो कि नचाहिने हो त्यो थाहा हुदैन। बच्चाले खाने अरु खानेकुरामा पनि चाहिने मात्रामा नुन हुने भएकोले छुट्टै नुन हाल्नु पर्दैन। स्रोत : https://childcarenepal.wordpress.com

