कैलाली बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

धनगढी ः कैलाली बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी कैलालीले मंगलबार वृक्षारोपण कार्यक्रम गरेको हो । वातावरणीय पर्यावरणलाई मध्यनजर गर्दै संगठनको केन्द्रिय नीति अनुरुप सहिद प्रज्वल शाहिको स्मृतिमा अखिल वृक्षारोपण कार्यक्रम गरेको संगठनको सुदूरपश्चिम इन्चार्ज बबरजङ्ग सिंहले जानकारी दिए ।

क्याम्पस परिसरमा सय विरुवा रोपेको हो । विद्यार्थीहरुको सहभागितामा लिप्टिस, जामुन, असोक, धुपी लगायत प्रजातिका दुई सय विरुवा रोपेको इन्चार्ज सिंहले बताए । वृक्षारोपण अधियान सुदूरपश्चिम प्रदेशभर रहने उनले बताएका छन् ।

Loading...