नेपालले केन्यासँग दुईवटा सिरिज खेल्ने पक्का, निर्धारण गरियो खेल तालिका

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग टी–२० र एकदिवसीय सिरिज खेल्ने पक्का भएको छ । क्यानले आज खेल तालिका सार्वजनिकसँगै नेपालले केन्यासँग सिरिज खेल्ने पक्का भएको हो । नेपालले केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

क्यानका अनुसार यी दुवै सिरिज केन्यामा हुनेछन् । सिरिजका लागि नेपाली टोली २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा हुनेछ । नेपाल र केन्याले सुरुवातमा टी–२० सिरिज खेल्ने तालिका छ । सिरिजको पहिलो खेल २५ अगस्ट, दोस्रो खेल २६ अगस्ट, तेस्रो खेल २८ अगस्टमा हुनेछ ।

सिरिजका लागि नेपाली टोली २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा हुनेछ । नेपाल र केन्याले सुरुवातमा टी–२० सिरिज खेल्ने तालिका छ । सिरिजको पहिलो खेल २५ अगस्ट, दोस्रो खेल २६ अगस्ट, तेस्रो खेल २७ अगस्टमा हुनेछ ।

त्यस्तै, सिरिजको चौथो र पाँचौँ खेल क्रमशः २९ र ३० अगस्टमा हुने तालिका छ । नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज २ सेप्टेम्बरदेखि सुरु हुनेछ । सिरिजको दोस्रो खेल ३ सेप्टेम्बर र तेस्रो म्याच ५ सेप्टेम्बरमा हुने तालिका छ । क्यानले नेपाल र केन्याबीचको खेल सुरु हुने समयको बारेमा भने जानकारी गराएको छैन ।

केन्या पाँचपटक विश्वकप खेलिसकेको छ । उसले चारपटक एकदिवसीय र एक पटक टी–२० विश्वकप खेलेको छ । ऊ सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । पछिल्लोपटक सन् २००७ को टी–२० विश्वकप खेलेपछि भने केन्या छनोट हुन सकेको छैन ।

केन्या कुनै समय उत्कृष्ट टिम मानिन्थ्यो । पछिल्लो समयले भने उसले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ । केन्याले पहिलोपटक १९९६ मा एकदिवसीय खेल खेलेको थियो । उसले २०१४ मा एकदिवसीय मान्यता गुमायो ।

Loading...