माओवादी सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले डडेल्धुरा छोडेर कञ्चनपुरबाट चुनाव लड्ने तयारीमा


काठमाडौं :


नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले डडेल्धुरा छोडेर कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा तीन पटक पराजित भएका थिए । सत्तापक्षिय पाचदलिय गठबन्धन गरेर जाने भएपछि भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।



अब हुने मङ्सिरको चुनावमा देउवा डडेल्धुराबाट चुनाव लड्ने भएपछि काँग्रेस नेताहरूले भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने तयारी गरेका छन् । तत्कालीन माओवादी नेता लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने उनीहरुको योजना छ ।


तर, खगराज भट्टले डडेल्धुरा आफ्नो क्षेत्र छोड्नु पर्ने भएमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरे ।
यस क्षेत्रमा नेपाली काँग्रेसका नेता एनपी साउदको पनि हो । उनी समेत यहीँ क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । साउदसमेत देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ । २०७४ सालको चुनावमा एमालेका नरबहादुर नरबहादुर धामीले चुनाव जितेका थिए ।



