बैतडीका विभिन्न स्थानीय तहका ४७ वडा सचिव विहिन

बैतडी:

 

बैतडीका विभिन्न स्थानीय तहका ४७ वडा सचिव विहिन भएका छन । वडामा अधिकांश स्थानीय तहहरुले प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर कामकाजमा खटाएका छन् भने दरबन्दी अनुसारका सचिव नहुँदा सेवाग्राही दैनिक सास्ती खेप्दै आएको छ ।

जिल्लाको सबै भन्दा बढी पुर्चौंडी नगरपालिकाका सबै १० ओटै वडा सचिव पद रिक्त रहेका छन् । सबै वडामा प्राविधिक सहायक तथा अन्य कर्मचारीलाई खटाएर वडाको कामकाज सञ्चालन हुँदै आएको छ ।

यस्तै सुर्नया गाउँपालिकाका ७ ओटा वडा सचिव विहिन रहेकोमा यस्तै मेलौली नगरपालिकाका ५ ओटा वडा सचिवसचिव सचिव पद रिक्त रहेका छन् भने पाटन नगरपालिकाका ३ वडामा सचिव छन यस्तै सिगासका गाउँपालिकाका ८ ओटा वडा सचिव पद रिक्त रहेका छन् ।

 

यस्तै डिलाशैनी गाउँपालिका २, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका एक/एक वडामा सचिव नरहेका बताइएको छ ।यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५ वडा सचिव पद रिक्त रहेका छन् भने शिवनाथ गाउँपालिकाको ५ वडा पद रिक्त रहेका छन् ।

Loading...