धनगढीमा मोटरसाइकल दु’र्घ’टना हुँदा जोरायलका २८ वर्षिया मडैको अकालमै ज्यान गुम्यो

धनगढी:

 

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल मंगलबार राति दु’र्घ’टना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृ’त्यु भएको प्रहरीले बताएको छ। गम्भीर घा’इ’ते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

दुर्घटनामा चालक जोरायल–१ कै २१ वर्षीय सन्तोष मल्ल घा’इ’ते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

 

Loading...