दीपेन्द्रको आईसीसी वरियतामा थप सुधार, बनाए नयाँ कीर्तिमान

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० वरियता सार्वजनिक गरेको छ । नयाँ टी–२० वरियताको अलराउन्डरतर्फ नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । उनी अब एक स्थान सुधार गर्दै आठौँमा उक्लिएका छन् ।

यसअघि दीपेन्द्रको वरियता नवौँ स्थान थियो । योसँगै उनले थप अर्को उपलब्धि हासिल गरे । दीपेन्द्रले नेपाली क्रिकेट इतिहासमा उत्कृष्ट वरियतामा हासिल गरे खेलाडीको उपलब्धि हासिल गरेका हुन् । यसअघि कुनै पनि नेपाली क्रिकेटरले आठौँ वरियता हासिल गरेका थिएनन् ।

अलराउन्डर वरियताको शीर्ष स्थानमा भने अफगानिस्तानका कप्तान मोहम्मद नाबी छन् । त्यस्तै, दोस्रोमा बंगलादेश शाकिवअल हसन, तेस्रोमा इंग्ल्याण्डका मोइन अली, चौथोमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, पाँचौँमा यूएईका रोहन मुस्तफा, छैटौँमा नामिबियाका जेजे स्मित, सातौँमा ओमानका जीशान मक्सूद, नवौँ र दशौँमा क्रमशः एडन माक्रम र वानिन्दु हसरंगा रहेका छन् ।

केन्याविरुद्धको सिरिजका लागि नेपालको टोली घोषणा

केन्यासँगको टी–२० र एकदिवसीय सिरिजका लागि क्यानले टोली घोषणा गरेको छ । क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ज्ञानेन्द्र मल्लले पनि मौका पाएका छन् । पछिल्लो समय लगातार टोली बाहिर रहेका उनले लामो समयपछि पुनरागमन गरेका हुन् ।

अनुभवी विकेटकिपर विनोद भण्डारी भने टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा क्यानले युवा विकेटकिपर अर्जुन साउँदलाई मौका दिएको छ । त्यस्तै, क्यानले कुशल भुर्तेललाई पनि टोलीमा राखेको छैन । पछिल्लो समय खराब लयमा कारण उनले विश्राम पाएका हुन सक्छन् । टी–२० टोलीका तीव्र गतिका बलर अविनाश बोहरालाई पनि टोलीमा समावेश गरिएको छैन ।

ज्ञानेन्द्रसहित साहब आलम, विवेक यादवले भने कमब्याक गरे । युवा विकेटकिपर अर्जुन साउँदले पहिलोपटक सिनियर टोलीमा मौका पाएका छन् । त्यस्तै, जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिशी र हरिशंकर साहलाई वैकल्पि खेलाडीको रूपमा टोलीमा समावेश गरेको छ । नेपालले केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो ।

Loading...