एसिया कपको छनोट ओमानमा हुने, यी चार टिमले लिने छन् भाग


काठमाडौं ।


एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो । छनोट प्रतियोगिताअगस्टबाट २० देखि २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, यूएई, हङकङ र कुवेत सहभागी हुनेछन् ।



सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ । यहाँबाट छनोट हुने टोली साविक विजेता भारत तथा पाकिस्तान रहेको समूह ‘ए मा हुनेछ ।


दीपेन्द्रको आईसीसी वरियतामा थप सुधार, रचे इतिहास
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० वरियता सार्वजनिक गरेको छ । नयाँ टी–२० वरियताको अलराउन्डरतर्फ नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । उनी अब एक स्थान सुधार गर्दै आठौँमा उक्लिएका छन् ।

यसअघि दीपेन्द्रको वरियता नवौँ स्थान थियो । योसँगै उनले थप अर्को उपलब्धि हासिल गरे । दीपेन्द्रले नेपाली क्रिकेट इतिहासमा उत्कृष्ट वरियतामा हासिल गरे खेलाडीको उपलब्धि हासिल गरेका हुन् । यसअघि कुनै पनि नेपाली क्रिकेटरले आठौँ वरियता हासिल गरेका थिएनन् ।
अलराउन्डर वरियताको शीर्ष स्थानमा भने अफगानिस्तानका कप्तान मोहम्मद नाबी छन् । त्यस्तै, दोस्रोमा बंगलादेश शाकिवअल हसन, तेस्रोमा इंग्ल्याण्डका मोइन अली, चौथोमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, पाँचौँमा यूएईका रोहन मुस्तफा, छैटौँमा नामिबियाका जेजे स्मित, सातौँमा ओमानका जीशान मक्सूद, नवौँ र दशौँमा क्रमशः एडन माक्रम र वानिन्दु हसरंगा रहेका छन् ।

