मिडफिल्डर दीपा न्यौपानेले पाइन् ‘भारतीय आईलिग’ मा छनोट हुने ठूलो मौका

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आईलिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् । भारतीय आईलिग छनोटका लागि दीपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्‍यो ।

सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छन् । उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन् । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दीपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१/२२ मा गोकुलमबाट ‘इण्डियन वुमन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन् । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन् । आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

अल्मुताइरीले जगजीतसहित यी खेलाडीलाई बोलाए बन्द प्रशिक्षणमा 

राष्ट्रिय फुटबल टोलीले अर्को महिना बंगलादेशसँग मैत्रीपूर्ण म्याच खेल्दैछ । त्यसका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आन्तरिक तयारी अगाडि बढाइसकेका छन् । तयारी स्वरूप उनले एन्फालाई खेलाडीको सूचीसमेत पठाइसकेका छन् । आफू विदेशमा भए पनि अल्मुताइरीले मैत्रीपूर्ण म्याच खेल्ने खेलाडीको सूची भने इमेलमार्फत एन्फालाई पठाएका हुन् ।

मैत्रीपूर्ण खेलका लागि उनले यसअघि टिम बाहिर रहेका केही खेलाडीलाई पनि प्रशिक्षणमा डाकेका छन् । उनले आगामी दुई मैत्रीपूर्ण खेलका लागि एसियन कप छनोट खेलेका खेलाडीलाई प्रशिक्षणमा बोलाएका बताइएको छ ।अल्मुताइरीले २५ भदौबाट प्रशिक्षण सुरु गर्ने तयारी तयारी गरेका छन् । जसका लागि उनले गत जेठमा कुवेतमा भएको एसियन कप छनोट खेलका २० खेलाडी र थप ६ गरी २६ खेलाडीलाई प्रशिक्षण बोलाउने तयारी गरेका हुन् ।

एसियन कप छनोट खेलेका सन्तोष तामाङ र दर्शन गुरुङ अहिले टोलीमा छैनन् । उनीहरू अष्ट्रेलिया पुगिसकेका छन् ।त्यस्तै, एसियन कप छनोटमा रहेका यू–२० का कप्तान आयुष घलानलाई पनि अल्मुताइरीले टोलीमा बोलाएका छैनन् । उनीहरूको स्थानमा अल्मुताइरीले अञ्जन विष्ट, तेज तामाङ, जगजित श्रेष्ठ, दिनेश हेम्जन, प्रशान्त अवस्थी र मनिष मगरलाई प्रशिक्षणमा बोलाउने तयारी गरेका छन् ।

अल्मुताइरीले किरण चेम्जोङ, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विमल घर्ती मगर, दिनेश राजवंशी, रोहित चन्द, सुमन लामालगायतलाई भने तत्काल टोलीमा बोलाएका छैनन् । यद्यपि पूर्ण टोली घोषणा गर्न बाँकी रहेकाले उनीहरूले पनि स्थान पाउनसक्ने सम्भावना कायमै छ । एन्फाको असार ८ गते बसेको अवैधानिक पहिलो बैठकले १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जसकारण पनि अल्मुताइरीले कारबाही गरेका अन्य खेलाडी पनि टोलीमा फर्किने सम्भावना रहेको हो । यदि बन्द प्रशिक्षण छाडेका बाँकी खेलाडीलाई पनि टोलीमा समावेश नगर्ने हो भने नेपाली फुटबलको विवादले फेरि उग्ररूप लिने सम्भावना छ । अहिले पनि अल्मुताइरी खेलाडी छानेटमा आफ्नै अडानलाई जोड दिइरहेका छन् । उनकै अडानमा मात्र खेलाडी छनोट हुने हो भने बन्द प्रशिक्षक छाडेका सबै सिनियर खेलाडीले फेरि मौका पाउन थप समय कुनुपर्ने देखिन्छ ।

मैत्रीपूर्ण फुटबलका लागि अल्मुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडी : एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, अञ्जन विष्ट, तेज तामाङ, नवयुग श्रेष्ठ, दिनेश हेम्जन, जगजित श्रेष्ठ, मनिष मगर, प्रशान्त अवस्थी, नीरकुमार राई, पुजन उपरकोटी, राजन गुरुङ, रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुमन अर्याल, सुनिल बल, तेकेन्द्र सिंह थापा, सुरज ज्यू ठकुरी र आकाश बुढा मगर ।

Loading...