दिपायल सिलगढी नगरपालिका मेयर खड्काको नेतृत्वमा दिपायल बजारमा सरसफाई
अत्तरिया:


डोटीको दिपायलको पिपल्ला बजारमा सरसफाई गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सि खड्काको नेतृत्वमा दिपायल बजारमा सरसफाई गरिएको हो ।




नगरपालिकाको हरेक महिनाको १० र २५ गते बजार क्षेत्रमा सरसफाइ गर्ने कार्यक्रम अन्तरगत बुधबार बजार क्षेत्रमा सरसफाई गरिएको नगरपालिकाले जनाएको छ ।


सरसफाई कार्यक्रममा उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स र सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सिलगढी बजार, ऐयरपोर्ट बजार, राजपुर बजार लगायतका क्षेत्र संचालन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ ।
मेयरमा निर्वाचित भएपनि बजार क्षेत्रमा नियमित सरसफाइ गर्ने मेयर खड्काको अनुसार साउन १० गते पहिलो पटक बजार दिपायल बजार क्षेत्रमा सरसफाई गरिएको थियो । दिपायल बजार हरेक महिनाको १० र २५ गते बन्द रहने गरेको छ ।


