डडेल्धुराको आलितालबाट माछा चोरेको भेटिए जरिवाना गरिने (सूचना सहित)


डडेल्धुरा :


आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन् । संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा– ३ को कार्यालयले जनाएको छ ।



ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवाना गर्ने भएको छ ।


एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो ।
यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानूनअनुसार कारबाहीका साथै वडा कार्यालयबाट प्रदान हुने सबै किसिमको सेवा सुविधा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष बलबहादुर बुढा मगरले जानकारी दिए ।


