रियल म्याड्रिडले जित्यो ‘यूईएफए सुपर कप’ को उपाधि, बेन्जेमाले रचे इतिहास

काठमाडौं ।

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । योसँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन् । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।

रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले हाफमा एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले गत सिजनमा ४६ खेलमा ४४ गोल गरेका छन् ।

केरला वुमन्स लिगमा गोकुलम ११–० ले विजयी, साफ खेल्नुअघि सावित्राले गरिन् गोलको वर्षा

भारतमा जारी केरला वुमन्स लिगको पहिलो खेलमै गोकुलम केरलाले फराकिलो जित निकालेको छ । उसले बुधबार भएको पहिलो खेलमा केरला युनाइटेडविरुद्ध ११–० को फराकिलो जित निकालेको हो । गोकुलमको फराकिलो जितमा नेपालकी चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले शानदार प्रदर्शन गरिन् ।

उनी एक्लैले ५ गोल गरिन् । सावित्राले पहिलो हाफमा ह्याट्रिकसहित ४ र दोस्रो हाफमा एक गोल थपिन् । उनले दुई गोलमा एसिस्ट दिइन् । शानदार प्रदर्शन गरेकी सावित्रा पहिलो खेलमै प्लेयर अफ द म्याच घोषित भइन् । गोकुलम महिला आइ लिग च्याम्पियन टोली पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्दैछ ।

Loading...