वेस्ट इण्डिजविरुद्धको पहिलो टी–२० मा न्यूजिल्याण्डको रोमाञ्चक जित

काठमाडौं ।

घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड १३ विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । वेस्ट इण्डिजले भने यो सिरिजमा पनि हारबाट सुरुवात गर्‍यो । पहिलो खेलमा १८६ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो ।

उसका लागि सम्राह ब्रुक्सले सर्वाधिक ४२, अविजित रहेका रोमारियो सेफर्डले ३१, ओडियन स्मिथले २७, जेसन होल्डरले २५, रोभम्यान पावेलले १५ र कप्तान निकोलस पूरनले १५ रन जोडे । ​न्यूजिल्याण्डका लागि मिचेल सान्टनरले तीन, ट्रेन्ट बोल्ट, ईश सोधी, लकी फर्गुसन र टिम साउदीले एक/एक विकेट लिए ।

त्यसअघि जमैकाको किंग्सटनस्थित सविना पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । उसका लागि कप्तान केन विलियमसनले ४७, डेभन कन्वेले ४३, जेम्स निशमले अविजित ३३, ग्लेन फिलिप्सले १७ तथा मार्टिन गुप्टिल र डेरिल मिचेलले १६/१६ रन जोडे ।

वेस्ट इण्डिजका लागि ओडियन स्मिथले तीन तथा जेसन होल्डर र ओबेद म्याकोयले एक/एक विकेट हात पारे । न्यूजिल्याण्ड र वेस्ट इण्डिजबीचको दोस्रो खेल शनिबार हुनेछ ।

पाकिस्तानविरुद्ध नयाँ रेकर्ड बनाउँदै कोहली, बने छन् यो ‘उपलब्धि’ हासिल गर्ने पहिलाे खेलाडी

एसिया कपमा भारतीय टोलीको पहिलो खेल २८ अगस्टमा पाकिस्तानविरुद्ध छ । यो प्रतियोगितामा टिम इण्डियाको कप्तानी रोहित शर्माले गर्दैछन् । टिमका पूर्वकप्तान विराट कोहली लामो ब्रेकपछि टोलीमा फर्किनेछन् । उनले इंग्ल्याण्डविरुद्धको सीमित ओभरको सिरिजपछि आराम गर्ने निर्णय गरेका थिए ।

पाकिस्तानविरुद्धको खेलमा कोहलाई नयाँ कीर्तिमान बनाउने मौका छ । यो टी–२० क्रिकेटमा कोहलीको सयौं खेल हुनेछ । यो खेलसँगै उनी तीनै ढाँचामा १०० खेल खेल्ने विश्वको दोस्रो र भारतको पहिलो खेलाडी बन्नेछन् । कोहलीअघि न्यूजिल्याण्डका रस टेलरले मात्र तीनै फर्म्याटमा १०० म्याच खेलेका छन् । योसँगै विराट भारतका लागि १०० टी–२० खेल्ने दोस्रो खेलाडी बन्नेछन् ।

कोहलीले भारतका लागि अहिलेसम्म १०२ टेस्ट, २६२ ओडिआई र ९९ टी–२० म्याच खेलेका छन् । उनले भारतका लागि टेस्ट क्रिकेटमा ४९.५३ को औसतमा ८०७४ रन बनाएका छन् । टी–२० क्रिकेटमा विराटले अहिलेसम्म ५०.१२ को औसतमा ३३०८ रन बनाएका छन् । उनी टी–२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर पनि हुन् । कोहलीले यो प्रारूपमा भारतका लागि ३० अर्धशतक बनाएका छन् ।

Loading...