डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ छोड्न तयार, कहाँ बाट लड्छन होला त ?


काठमाडौं :


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव नलड्ने संकेत गरेका छन्।



बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफ्नो भित्री चाहना गोरखाबाट चुनाव नलड्ने भएको बताए । ‘मेरो भित्री चाहना गोरखा-२ बाट चुनाव नलड्ने छ,’ भट्टराईले भने, ‘ कोही युवालाई अवसर दिने चाहना छ ।’


मनले खाएको उम्मेदवार पाए मात्रै आफू गोरखाबाट नउठ्ने उनले बताए । आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धन बनिसकेको छ। अर्कोतिर एमाले एक्लै चुनावी मैदानमा छ। एमाले पनि गठबन्धनको कसरतमा छ।
तर भट्टराई कुनै गठबन्धनमा पनि छैनन् । मंगलबार (२४ साउन) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै उनले आफूहरु अहिले गठबन्धननै रहेको भट्टराईले बताएका थिए।



