फिफा विश्वकपको मिति सार्ने तयारी, यस्तो छ कारण

काठमाडौं ।

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल एक दिन अगाडि सर्ने भएको छ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ । यसअघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ । यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेल उद्घाटनका दिन खेलाइन लागिएको हो ।

यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो । विश्व खेलकुदको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य गरेको हो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ ।

तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन भने हुनुपर्छ । यसका लागि भोटिङ नै गर्नुपर्ने हुन्छ । भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्न पाउने छन् । ​कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।

रियल म्याड्रिडले जित्यो ‘यूईएफए सुपर कप’ को उपाधि, बेन्जेमाले रचे इतिहास

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । योसँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन् । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।

रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले हाफमा एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले गत सिजनमा ४६ खेलमा ४४ गोल गरेका छन् ।

Loading...