आजको मौसम: आजका लागि सुदूरपश्चिम प्रदेश लगायत देशभरका यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं:

 

बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ।

 

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ।

 

शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

Loading...