राप्रपा कैलाली द्वारा गोदावरीमा क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न


अत्तरिया:


राप्रपा कैलाली द्वारा गोदावरीमा क्षेत्र स्तरिय प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ। एक दिने उक्त कार्यक्रम को सभापतित्व क्षेत्र न ४ का अध्यक्ष प्रेम ब बोगटी ले गर्नुभएको थियो भने राप्रपा प्रदेश प्रमुख धर्म राज जोशी को प्रमुख आतिथ्री मा उक्त कार्यक्रम भएको थियो ।



१५० प्रसिक्षार्थी रहेको उक्त कार्यक्रम चार जना केन्द्रिय प्रसिक्षक हरुद्वारा दिएइको थियो। कार्यक्रम मा स्वागत मन्तब्य तथा सफलताको शुभकामना राप्रपा गोदावरी अध्यक्ष दुर्गा कुमार पोखरेल ले दिनुभएको थियो।


कार्यक्रमका प्रशिक्षक द्वय हिरा बोहरा, कैलाश दाहाल, होम ब गुरुङ, माया बिष्ट तथा बिराज बिष्ट ले विभिन्न सङ्ठनात्मक शैली सम्बन्धी प्रसिक्षण दिएका छन ।
उक्त कार्यक्रम मा केन्द्रिय सदस्य कैया चौधरी तथा बिरेन्द्र बम,प्रदेश सह प्रमुख हिरा बोहरा,प्रदेश सह सचिब खगेन्द्र नाथ,प्रदेश प्रबक्ता छत्र कुमार साही,पुर्ब एस पि दुर्गा दत्त पन्त लगायत प्रदेश सदस्य तथा क्षेत्र न ४क र ख का अध्यक्ष,गोदावरी तथा गौरिगङा का नगर अध्यक्ष हरु तथा रास्टृय प्रजातान्त्रिक महिला संगठन का विभिन्न तह का प्रमुख हरुको उपस्थिती रहेको थियो।


