अछामका बिभिन्न ठाउँमा सडक र पुल बनाउन ७४ करोड बजेट

धनगढी:

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो । जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक ९गैरिटाँड–कालागाउँ–दर्ना खण्ड० ५/५ करोड विनियोजन गरेको छ ।

Loading...