सुदूरपश्चिमको प्रसिद्ध स्थान शिवलिङ्गेश्वर (लिङ्गा) धाम कञ्चनपुरको के छ त महिमा ?

 

कञ्चनपुर:

 

सिद्ध शिवलिङ्गेश्वर (लिङ्गा) धाम कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित चुरेको काखमा अवस्थित छ । यो स्थान सम्म पुग्न पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको दैजी बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको यात्रा गर्न पर्ने हुन्छ ।
चारैतिर हरियाली जंगल, सुन्दर शान्त वातावरण, कलकल बग्ने खोला, अनि मनै लोभ्याउने त्यो मनमोहक दृश्यले जो कोहिको मन लोभ्याउछ ।
शिव लिङ्गको आकारमा रहेका पहाड कै कारण यो ठाउँ लिङ्गेश्वर धामका रुपमा चिनिदैँ आएको छ ।
चुरे पहाडको फेदमा झण्डै पाँच सय मिटरमा फैलिएको लिङ्गा केही वर्ष अघि सम्म खासै चर्चामा आउन सकेको थिएन् ।

यस्तो छ धार्मीक विश्वास:

लिङ्गाको प्राकृतिक बनोवट सँगै पुरापुर्व कालदेखि रहिआएको धार्मीक आस्थाले पनि शिवलिङ्गेश्व धाममा ठुलो संख्यामा पर्यटक भित्रिने गरेका छन् । शिवलिङ्गेश्व धाममका पूजारी तारादत्त जोशीले प्रकृति उत्पत्ति भएकै बेला भूमी भित्र लिङ्ग रहेको विश्वास रहेको बताए ।
उनका अनुसार साविकको दैजी गाविसमा २०१८ सालमा वस्ती विस्तार भएपछि पानीको मुहान खोज्ने क्रममा त्यहाँ लिङ्गेश्वर बाबाको बास छ भन्ने कुरा पत्ता लागेको किवंदन्ती रहेको छ ।


चुरे हुदँै अहिलेको लिङ्गेश्वर धाम भएर बग्ने नदीबाट स्थानीयले सिचाँई र उपभोगका लागि नहर निर्माण गरेर गाँउ सम्म पानी पु¥याएका छन् ।
नहर निर्माण गरेरै गाँउमा पानी लगेपनि पानी एकाएक पानि घट्दैँ गयो । गाउँकै एकजना स्थानीयलाई राति सो क्षेत्रमा देवताको बास छ भन्ने कुरा सपनामा प्रकट भएपछि उक्त क्षेत्रमा शक्तिपिठ रहेको पक्ता लागेको उनको भनाई छ ।
सपनामै भगवानले सामूहिक पुजा गरे मात्रै पानी उपभोग गर्न मिल्ने कुरा भनेपछि स्थानीयले त्यसको भोलिपल्ट नै सामूहिक पूजा गरेपछि पानी खोलामा पनि नियमित सुचारु भएको पुजारी जोशीको भनाई छ ।


स्थानीयले चन्दा संकलनबाट मन्दिर स्थापना गरि वैजनाथ देवताको पुजा हुने समयमा हरेक वर्ष लिङ्गा क्षेत्रमा पुजा गदैँ आएको छन् ।
लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय जानकार बताउँछन् ।
स्थानीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र पछिल्लो समयमा लिङ्गा लगायतका नगरका पर्यटकीय क्षेत्रको संरक्षण एंव्म सम्बद्र्धन तथा प्रचार प्रसार स्थानीय सरकारको प्राथमिकतामा परेको छ ।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो । हाल जति बर्षा भएपनि माटोका मसिना माटोका आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउद छन ।

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’

चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

हाल नगरपालीकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । सेल्फि खिच्न चाहने पर्यटका लागि सेल्फिप्वाईन्ट समेत निर्माण गरेको छ । नगरपालीकाका अनुसार एक बर्षको अबधिमै लिंगामा पुग्ने पर्यटकको संख्या ४० हजार बढी रहेको छ । आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत यहाँ पुगेका छन ।

Loading...