वेष्ट इण्डिजका खेलाडी राष्ट्रिय टिमलाई किन राख्दैनन् प्राथमिकतामा? यस्तो भन्छन् हेड कोच सिमन्स

काठमाडौं ।

वेस्ट इण्डिजका मुख्य प्रशिक्षक फिल सिमन्सले हालै भनेका छन्, ‘टी–२० का उत्कृष्ट खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगर्दा टोलीलाई चोट पुगेको छ ।’ सिमन्सले खेलाडीसँग छनोट गर्ने विकल्प रहेको र प्रशासकले उनीहरूलाई वेस्ट इण्डिजका लागि खेल्न आग्रह गर्न नसक्ने बताए ।

टी–२० टोलीमा उत्कृष्ट खेलाडीलाई बाहिर राख्नु दुःखद भएको उनले बताए । ‘यसका लागि अर्को उपाय छैन । तर, तपाईं के गर्न सक्नुहुन्छ? मलाई लाग्दैन कि मैले मानिसहरूलाई आफ्नो देशको लागि खेल्न आग्रह गर्नुपर्छ,’ सिमन्सले भने, ‘मलाई लाग्छ यदि तपाईं वेस्ट इण्डिजको प्रतिनिधित्व गर्न चाहनुहुन्छ भने तपाईंले आफूलाई उपलब्ध गराउनुहुनेछ । जीवन परिवर्तन भएको छ, मानिसहरूसँग विभिन्न ठाउँमा जाने अवसर छ ।’

मुख्य चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन्, ‘मैले संकलन गरेको गरेको जानकारीअनुसार रसेल अनुपलब्ध छन् किनभने उनी आफैंलाई उपलब्ध गराएका छैनन् । म सबैलाई वेस्ट इण्डिजका लागि खेल्न आग्रह गर्छौँ । तर, तपाइँलाई थाहा हुनुपर्दछ कि मानिसहरूसँग अब विकल्पहरू छन् । र, यदि मानिसहरूले वेस्ट इण्डिजविरुद्ध अन्य फ्रेन्चाइजीहरू छनौट गरिरहेका छन् । हामीले हामीलाई को उपलब्ध छ भनेर रोज्नुपर्छ।

उल्लेखनीय छ कि वेस्ट इण्डिज खेलाडी विश्वका विभिन्न कुनामा आयोजना हुने टी–२० लिगमा खेलिरहेका देखिन्छन् । यसका लागि देशका लागि खेल्न छोड्नु परे पनि त्यसो गर्छन् । वेस्ट इण्डिज खेलाडीहरूले लिगमा ठूलो रकम पाउँछन् । जसकारण पनि उनीहरू लिगलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन् । सोही कारण पनि अहिले वेस्ट इण्डिजकाृ टोली विगभन्दा निकै कमजोर देखिएको छ ।

Loading...