सिटिईभिटी द्वारा प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको फारामा भर्ने म्याद थप (सूचना सहित)


अत्तरिया:


प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् द्वारा शैक्षिक शत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाको लागि पूर्ण शूल्कीय तर्फको आवेदन फाराम भर्ने म्याद थप गरेको छ । सिटीइभिटीको वईबसाईटमा एक सूचना जारी गर्दै छात्रबृती तथा पुर्णशुल्कियमा आवेदन दिई पढ्नेहरुले अव भाद्र ९ गते सम्म फाराम भर्न पाईने जानकारी सहित सूचना जारी गरेको छ ।



सूचनामा लेखिएको छ ,उपर्युक्त सम्वन्धमा यस परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक शत्र २०७९÷०८० का लागि परिषद्का आंगिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्वन्धन/स्वीकृति प्राप्त शिक्षण संस्थाहरुमा डिप्लोमा/प्रमाणपत्र तहका स्वास्थ्य कार्यव्रmम र स्वास्थ्य बाहेकका कार्यक्रमहरुमा मिति २०७९।०४।१२ गतेको गोरखापत्र राष्ट्रिय दैनिक तथा www.ctevtexam.org.np मा प्रकाशित सूचना अनुसार डिप्लोमा/प्रमाणपत्र तहको पुर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने अन्तिम मिति २०७९।०४।२६ गते बिहीवार सम्म तोकिएको छ ।


शिक्षालयहरुमा न्यून संख्यामा आवेदनहरु प्राप्त भएको कारण शिक्षालयहरुबाट आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले देहाय बमोजिम अन्तिम मिति कायम हुने र मिति २०७९।०४।१२ गते प्रकाशित सूचनाका सम्पुर्ण शर्तहरु लागू हुने गरी मिति २०७९।०४।२६ गतेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्षस्तरीय निर्णयानुसार आवेदन फाराम भर्ने म्याद थप गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

