गरिबीसँग जुधिरहेका छन् धोनीका यी खेलाडी साथी, पेट पाल्नका लागि चलाउँदैछन् बस


काठमाडौं ।


विश्वकप र आईपीएलमा खेलिसकेका श्रीलंककाका क्रिकेटर सुरज रणदीप अहिले अस्ट्रेलियामा छन् । उनी अहिले त्यहाँ बसेर बस चलाइरहेका छन् । सुरज सन् २०११ मा भारतमा भएको विश्वकप क्रिकेटमा श्रीलंकाको टोलीमा थिए । उनी धोनीको कप्तानीमा सिएसकेबाट आईपीएल पनि खेलिसकेका छन् ।



सन् २०१२ मा सिएसकेबाट खेल्दै रणदीवले ८ खेलमा ६ विकेट लिएका थिए । श्रीलंकाका यी पूर्वस्पिनर सन् २०१९ मा अस्ट्रेलिया सरेका थिए, जहाँ उनी अहिले बस चलाउनुका साथै स्थानीय क्लबका लागि क्रिकेट खेल्छन् । श्रीलंकाका लागि सुरजले १२ टेस्टमा ४६ विकेट लिएका थिए । उनले ३१ एकदिवसीय खेलमा ३६ विकेट र सात टी–२० खेलमा ७ विकेट लिएका छन् ।


वीरेन्द्र सहवागसँग गरेका थिए ‘बेइमानी’
९९ रनको शतकमा ब्याटिङ गरिरहेका सहवागलाई नो–बलका कारण भारतीय क्रिकेटका फ्यानहरूले सुरजलाई चिन्छन् । उनी जानाजानी नो–बल फ्याँक्दा समातिएका थिए । वास्तवमा सुरजले सहवागलाई आफ्नो शतक पूरा गर्न दिनका लागि तिलकरत्ने दिलशानको निर्देशनमा नो–बल गरेका थिए।

भारतलाई जितका लागि एक रन आवश्यक थियो । सहवाग ९९ रनमा ब्याटिङ गरिरहेका थिए । यदि सहवागले त्यो एक रन बनाएको भए उनको शतक पूरा हुने थियो । यस्तो अवस्थामा षड्यन्त्र रच्दै गर्दा दिलशानले रणदीवलाई जानाजानी नो बल फाल्ने सल्लाह दिए । र, उनले त्यसै गरे । सहवागले नो–बलमा छक्का प्रहार गरे पनि नो–बलका कारण अम्पायरले भारतलाई विजयी घोषणा गरे । सहवाग भने ९९ रनमा नटआउट रहे ।
यो घटनापछि श्रीलंका क्रिकेट बोर्डले सुरजलाई एक खेलका लागि निलम्बन गरेको थियो । त्यस्तै, दिलसानलाई जरिवाना गरेको थियो । सुरजले श्रीलंकाका लागि १२ टेस्ट खेलेका छन् । जसमा उनले ४३ विकेट लिएका छन् ।


