धनगढीमा उर्जाशील उद्ममी मेला २ दिन सम्म लाग्दै

धनगढी:धनगढीमा शुक्रबार र शनिबार तीज महोत्सव २०७९ तथा उर्जाशील उद्ममी मेला लाग्र्ने भएको छ । धनगढी लेडीज जेसीज ,लाईन्स क्लव अफ धनगढी कुईन ,सुपकला प्रतीष्ठान र हेल्फ प्राईभेट लिमिटेडको आयोजनामा धनगढीमा उक्त मेला लाग्र्ने सास्कृतिक संयोजक मेघा भट्टले वताईन् ।
बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै तिजको विषेश उपलक्ष्यमा लाग्र्ने मेला धनगढी १ बुद्ध मन्दिरको प्रङ्गणमा हुने छ । श्रावण २७ र २८ गते सम्म मेला लाग्र्ने आयोजकले जानकारी दिएको हो । यस्तै उक्त उर्जाशील उद्ममी मेलालाई समाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाले प्रबर्द्धन रहेको र मिडिया पार्टनरमा धनगढी पोष्ट न्यूज रहेको छ ।

महिलाहरूको सीप प्रदर्शन तथा सशक्तीकरणका लागी उक्त कार्यक्रमको आयोजना गरिएको धनगढी लेडीज जेसीजकी निवर्तमान अध्यक्ष सरस्वती भट्टको भनाई छ ।भट्टका अनुसार संस्कृति प्रबर्द्धनमा जोड दिने उदेश्यका साथ महिलाको क्षमता विकास तथा उजागरणका लागी विगत भन्दा फरक किसिमले विभिन्न दात्री निकायको समन्वय र सहयोगमा तीज महोत्सव २०७९ तथा उर्जाशील उद्ममी मेला हुने बताइईन् ।

Loading...