भारतसँगको सिरिजका लागि जिम्बाब्वेको टोली घोषणा, यी खेलाडीले पाए मौका


काठमाडौं ।


भारतसँगको तीन एकदिवसीय खेलको घरेलु शृंखलाका लागि जिम्बाब्वेले टोली घोषणा गरेको छ । टोलीमा धेरै नियमित खेलाडी छैनन् । टोलीको कप्तान रेगिस चकाब्वालाई दिइएको छ । उनले बंगलादेशविरुद्धको घरेलु एकदिवसीय शृंखलामा पनि टोलीको कप्तानी गरेका थिए ।



क्रेग इरविन अझै पनि ह्यामस्ट्रिङको चोटका कारण समस्यामा छन् । उनलाई टिममा राखिएको छैन । ब्लेसिङ मुजराबानी, तेन्दाइ चतारा र मसाकाद्जा पनि फिट नहुँदा टोलीमा समावेश भएका छैनन् । जिम्बाब्वेको टिमको पछिल्लो प्रदर्शन राम्रो छ । बंगलादेशविरुद्धको खेलमा टोलीको सामूहिक प्रदर्शन देखियो । सिकन्दर राजा उत्कृष्ट लयमा देखिएका छन् ।


बल र ब्याट दुवैमा उनले असाधारण प्रदर्शन गरेका छन् । यस्तो अवस्थामा यसपटक पनि उनको ब्याटबाट रनको अपेक्षा गर्न सकिन्छ । जिम्बाब्वेले बंगलादेशविरुद्धको टी–२० सिरिज २–१ ले जितेको थियो । यसपछि एकदिवसीय सिरिजमा पनि बंगलादेशले हार बेहोरेको थियो ।
भारतीय टिमको कप्तानी केएल राहुलले सम्हाल्ने छन् । भारत र जिम्बाब्वेबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १८ अगस्टमा हुनेछ । यसपछि दोस्रो खेल २० अगस्ट र अन्तिम खेल २२ अगस्टमा हुनेछ । तीनवटै खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछन् ।

भारतसँगको वानडे सिरिजका लागि जिम्बाब्वेको टोली : सिकन्दर राजा, रायन बर्ल, रेगिस चाकाबावा (कप्तान), तानाका चिवाङ्गा, इभन्स ब्रड्ली, ल्यूक जोंग्वे, इनोसेन्ट किया, ताकुद्ज्वानाशे क्याटानो, क्लाइभ मडान्डे, वेस्ली मधेभ्रे, ताडिवासे मारुमणि, जोन मसारा, टोनी मुन्योंगा, रिचर्ड एनगार्वा, भिक्टोर न्याउची, मिल्टन शुम्बा, डोनाल्ड ट्रिपानो ।

