‘द हन्ड्रेड’ मा करन र सुनिलको शानदार प्रदर्शन, दिलाए टिमलाई रोमाञ्चक जित

काठमाडौं ।

इंग्ल्याण्डमा जारी ‘द हन्ड्रेड’ प्रतियोगिताअन्तर्गत नर्थन सुपर चार्जर्सविरुद्ध ओभल इन्भिनसिभल्स ३ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा चार्जर्सले दिएको १५८ रनको लक्ष्य ओभलले ९७ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि साम करनले शानदार ब्याटिङ गरे ।

३९ बलको सामना गरेका उनले पाँच छक्का र दुई चौकासहित ६० रन बनाए । त्यस्तै, जोर्डन कक्सले ४८ र टम करनले अविजित १८ रन जोडे । चार्जर्सका लागि ड्वेन ब्रावोले दुई, आदिल राशिद, डेविड भिसे, क्रेग मिल्स र बेन रायनीले एक/एक विकेट लिए । त्यसअघि लण्डनस्थित केनिंग्टन ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चर्जार्सले १०० बलमा सात विकेट गुमाएर १५७ रन बनायो ।

उसका लागि कप्तान एडम लिथले उत्कृष्ट पारी खेले । ३३ बलको सामना गरेका उनले आठ छक्का र तीन चौकासहित ७९ रन बनाए । त्यस्तै, माइकल मिर्चले १६, रुलोफभानडर मेयरेले अविजित १५, जोन सिम्पसनले १४ र एडम होसले १३ रन बनाए । कप्तान फाफ डुप्लेसिस ९ रनमै आउट भए । ओभलका लागि सुनिल नारायणले शानदार बलिङ गरे । २० बल फ्याँकेका उनले ११ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

सुनिलले २० मध्ये १२ बल डट फ्याँके । त्यस्तै, टम करन, साम करन, म्याट मिल्स र रीसी टोप्लेले एक/एक विकेट लिए । जारी सिजनमा ओभलको यो दोस्रो जित हो । उसले तीनमध्ये एक खेलमा भने हार बेहोरेको छ । चार्जर्सले तीनमध्ये दुईमा हार र एक खेलमा हारको सामना गरेको छ । प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

Loading...