आज रक्षाबन्धनकै दिन सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजको बजार मूल्य विवरण


काठमाण्डौ:


शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।



यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।


यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


