बाजुराको कोल्टी विमानस्थल १२ लाख नाफा कमाउन सफल

बाजुरा:

 

बाजुराको कोल्टी विमानस्थल १२ लाख नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा कोल्टी विमानस्थलले ५० लाख ५६ हजार आम्दानी गरेकोमा १२ लाख ३५ हजार नाफा कमाउन सफल भएको हो ।

उक्त विमानस्थलको कुल खर्च ३८ लाख २१ हजार रहेको बताईएको छ । यस्तै बझाङको देवल र बैतडीको एक विमानस्थल भने घाटामा रहेको बुझिएको छ । देवल विमानस्थलमा उक्त आर्थिक वर्षमा कुल १० लाख ६३ हजार आम्दानी गरेकोमा १२ लाख ८९ हजार खर्च व्यहोरेको छ ।

देवल विमानस्थलले १ लाख ४५ हजार घाटा व्यहोरेको छ भने यता बैतडीको एक विमानस्थलले झन ६ लाख ९१ हजार रुपैया घाटा व्यहोरेको छ । बैतडीको उक्त विमानस्थलमा आर्थिक वर्ष २०७८/०७९ मा कसल ५५ हजार मात्रै आम्दानी भएको जनाईएको छ भने उसको खर्च ७ लाख ४६ हजार रहेको छ ।

 

हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक ५१ वटा विमानस्थल आन्तरिकरुपमा प्रयोगका लागि स्थापना भएका हुन् । जसमध्ये हाल ३४ वटा सञ्चालनमा छन ।

Loading...