कैलालीको अत्तरियामा एकता र भाईचाराको सन्देश फैलाउन ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा राखि लगाए

अत्तरिया:

 

एकता र भाईचाराको सन्देश दिन कैलालीको अत्तरियामा रक्षा बन्धन विशेष कार्यक्रम आयोजना गरिएको छ । अत्तरियामा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखा चौराहा आश्रमले कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी, पुर्व भौतिक पुर्वाधार विकाश राज्यमन्त्री चुनकुमारी चौधरी, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्का, नेकपा एमालेका गोदावरी नगरकमिटि अध्यक्ष गोकर्ण भट्ट लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

यसैगरी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले गरेको कार्यक्रम एकदमै राम्रो भएको बताईन । उनले कार्यक्रमका अवसरमा एक आपसमा भेटघाट हुने तथा सद्भाव कायम रहने समेत बताईन । समाजमा विभिन्न कारणले टाढा भएका र आपसी द्धन्द्धका कारण दुरी सृजना भएका व्यक्तिहरुलाई यो पर्वले नजिक ल्याउन सहयोग गर्ने उनले बताईन ।

कार्यक्रममा संस्थाकी संचालीका ब्रम्हाकुमारी रबिनाले उपस्थित सबैलाई रक्षा बन्धन बाँधेकी थिईन । उनले रक्षा बन्धन बाध्दै समाजलाई पर्वले एकताको सुत्रमा बाध्ने बताईन । उनले बाँधेको धागो अजम्बरी रुपमा नरहेपनि दाजु भाई र दिदिबहीनीका बिचको मित्रताको पवित्र सम्बन्ध तथा मर्यादाको बन्धन सदैव कायम रहने बताईन ।

उनले यो पर्वले समाजमा विश्वबन्धुत्वको भावना, एकताको भावना तथा आपसी सद्भावना एवम् भाईचाराको सन्देश दिइरहेको बताईन । उनले विभिन्न कारणले समाजमा एकआपसमा सृजना भएको बैमनुष्यतालाई नजिक बनाउनका लागी कार्यक्रमको आयोजना गरिएको बताईन ।

पर्वले जिवनका कमीकमजोरीहरुलाई तथा नराम्रा कार्यहरुलाई परित्याग गर्न पनि मद्दत गर्ने उनले बताईन ।

Loading...