रक्षा बन्धनकै दिन ऋषभ पन्तलाई पूर्वगर्लफ्रेण्डले ‘भाइ’ भनेपछि…

काठमाडौं ।

भारतीय टिमका विकेटकिपर/ब्याटर ऋषभ पन्त केही दिनयता आफ्नो खेलभन्दा एक बलिउड अभिनेत्रीसँगको सम्बन्धका कारण चर्चामा छन् । पन्तको नाम यसअघि पनि धेरैपटक बलिउड अभिनेत्री उर्वशी रौतेलासँग जोडिएको थियो । अहिले उनी र उर्वशीबीच सामाजिक सञ्जालमा सवालजवाफ चलिरहेको छ ।

उर्वशीको एक अन्तर्वार्तापछि पन्त र उनी लगातार सामाजिक सञ्जालमा एकअर्कालाई जवाफ दिइरहेका छन् । अन्तर्वार्तामा उर्वशीले पन्तले आफूलाई भेट्न धेरै प्रयास गरेको बताएकी थिइन् । उर्वशीका अनुसार पन्तले उनलाई १६ देखि १७ मिसकल दिएका थिए ।

‘जब म वाराणसीबाट दिल्ली आएकी थिएँ, तब ‘मिस्टर आरपी’ मलाई भेट्न आएका थिए । उनी लबीमा पर्खिरहेका थिए । तर, म सुतेँ । पछि थाहा भयो कि मेरो फोनमा १६ देखि १७ मिसकल आएका थिए । तर, मैले पछि तिमी मुम्बई आएपछि भेटौँला भने ।’

उर्वशीको यो अभिव्यक्तिपछि पन्तले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उनले आफ्नो इन्स्टा स्टोरीमा सन्देश लेखेका छन्, ‘केही मानिसहरू रमाइलोको लागि मात्रै अन्तर्वार्तामा झुट बोल्छन्, ताकि उनीहरू विभिन्न हेडलाइनमा रहन सकुन् । मानिसहरू प्रसिद्धिको भोका कसरी हुन्छन् भन्नेको उदाहरण हो यो । मलाई फलो गर्नुहोस् दिदी, झुटको पनि सीमा हुन्छ ।’

उर्वशीले पन्तलाई फर्काइन् जवाफ

पन्तको प्रतिक्रियापछि उर्वशीले पनि उनलाई सामाजिक सञ्जालमा जवाफ दिएकी छन् । इन्स्टाग्राममा पोष्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘छोटु भाइ तिमीले ब्याटबल खेल्नुपर्छ । म कुनै मुन्नी होइन जो तिमी जस्तो बच्चाको लागि बदनाम हुन थाले ।’ उर्वशीको यो पोस्ट अहिले इन्स्टाग्राममा भाइरल भइरहेको छ ।

पन्त र उर्वशी डेटमा भेटिएका थिए

सन् २०१९ मा ऋषभ र उर्वशी जुहुको एस्टेला होटलमा लेट नाइट डिनर डेटमा गएको देखिएका थिए । त्यसपछि उनीहरूको सम्बन्धको खबर सामाजिक सञ्जालमा निकै भाइरल भयो । तर, त्यसपछि उर्वशी र पन्तको बाटो छुट्टिएको र पन्तले उर्वशीलाई व्हाट्सएपमा ब्लक गरेको खबर आएको थियो ।

पन्तले उर्वशीलाई व्हाट्सएपमा ब्लक गरे

त्यतिबेला श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा ऋषभले प्लेइङ–११ मा मौका पाएका थिएनन् । योसँगै उनी मैदानमा पनि खराब लयमा थिए । जसलाई लिएर पन्त चिन्तित पनि थिए । यही तनावका कारण ऋषभले उर्वशीलाई ह्वाट्सएपमा ब्लक गरेको अनुमान गरिएको थियो । पन्त अहिले इशा नेगीसँग रिलेशनशिपमा छन् । ईशा देहरादुनकी हुन् । उनी इन्टेरियर डिजाइनर हुन् । ईशा इन्स्टाग्राममा निकै सक्रिय छिन् ।

Loading...