दुई महत्वपूर्ण प्रतियोगिताको लागि ३० सदस्यीय टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं ।

नेपाली यू–१७ राष्ट्रिय फुटबल टिमलाई ३० सदस्यीयमा झारिएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ जना खेलाडीलाई बन्द शिविरबाट घर फर्काएका हुन् । टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र २०२३ एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिनेछ ।

५ सेप्टेम्बरबाट श्रीलंकामा सुरु हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल भारत र भुटानसँग‌ समूह ‘बी’ मा परेको छ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । यस्तै, भियतनाममा हुने यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

नेपाली टोली : मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रशान्त लक्सम, निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दिपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी र समीर चन्द ।

केरला वुमन्स लिगमा सावित्राआवद्ध गोकुलमको बाँकी म्याच कहिले?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ अहिले भारतमा छिन् । उनी केरला वुमन्स लिग खेल्नका लागि केही दिनअघि भारत गएकी थिइन् । सावित्राले लिगमा पहिलो खेल पनि खेलिसकेकी छन् ।

उनले पहिलो खेलमै शानदार प्रदर्शन गर्दै टोलीलाई फराकिलो जित दिलाइन् । गत बुधबार केरला युनाइटेडविरुद्ध सावित्रा एक्लैले पाँच गोल गरिन् । उनले पहिलो हाफमै चार गोल गरिन् । पूरा नखेलेकाले दोस्रो हाफमा सावित्राले एक गोल गरिन् ।

गोकुलम केरलाबाट लिग खेलिरहेकी सावित्रा केही समयअघि मात्र चोटबाट मुक्त भएकी थिइन् । उनले शानदार कमब्याक गर्दै समर्थकलाई मनोरञ्जन दिएकी छन् । सावित्राकै उत्कृष्ट प्रदर्शनमा पहिलो खेलमा गोकुलमले केरला युनाइटेडलाई ११–० ले हरायो । अब केही साता गोकुलमकाे टाेलीले आराम गर्नेछ ।

सावित्राआवद्ध गोकुलमले दोस्रो खेल ३ सेप्टेम्बरमा डन बोस्को एफएविरुद्ध खेल्नेछ । त्यसपछि तेस्रो खेलमा गोकुलमले ६ सेप्टेम्बरमा बास्को एफसीको सामना गर्नेछ । चौथो खेलमा गोकुलमको भेट इमेरिट्स एससीविरुद्ध हुनेछ । सो खेल ११ सेप्टेम्बरमा हुनेछ ।

Loading...