यूएई टी-२० लिगका लागि मुम्बईले अनुबन्ध गर्‍यो १४ खेलाडी, क-कसले पाए मौका?

काठमाडौं ।

ट्रेन्ट बोल्ट यूएई टी–२० लिगमा मुम्बई इन्डियन्समा आवद्ध भएका छन् । यूएई टी–२० लिगमा मुम्बई इन्डियन्सको नाम एमआई इमिरेट्स राखिएको छ । बोल्ट यस फ्रेन्चाइजले अनुबन्ध गरेका १४ खेलाडीमध्ये एक हुन् । प्रतियोगिताको पहिलो सिजन अर्को वर्षको जनवरी/फेब्रुअरीमा खेलाइने छ ।

किरोन पोलार्ड, ड्वेन ब्राभो, निकोलस पूरनलगायत खेलाडी पनि एमआई इमिरेट्समा अनुबन्ध भएका छन् । मुम्बई इमिरेट्सले अहिलेसम्म १४ खेलाडी अनुबन्ध गरिसकेको छ । बाँकी खेलाडी अुबन्धको काम पनि उसले छिट्टै सक्ने बताइएको छ । यो लिगका लागि नेपाली टिमका कप्तान सन्दीप लामिछाने मार्की खेलाडी छन् । यद्यपि उनले कुन टिमबाट खेल्ने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।

एमआई एमिरेट्सको टोली : किरोन पोलार्ड (वेस्ट इन्डिज), ड्वेन ब्राभो (वेस्ट इन्डिज), निकोलस पूरन (वेस्ट इन्डिज), ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड), आन्द्रे फ्लेचर (वेस्ट इन्डिज), इमरान ताहिर (दक्षिण अफ्रिका), समित पटेल (इंग्ल्याण्ड), विल स्मीद (इंग्ल्याण्ड), जोर्डन थोम्पसन (इंग्ल्यान्ड), नजिबुल्लाह जद्रान (अफगानिस्तान), जाहीर खान (अफगानिस्तान), फजलहक फारुकी (अफगानिस्तान), ब्राडली ह्वील (स्कटल्याण्ड) र बास डी लीडे (नेदरल्याण्ड्स) ।

लेजेन्ड्स लिग क्रिकेटका लागि भारतको टोली घोषणा, कप्तान सौरभ गांगुली

लेजेन्ड्स लिग क्रिकेटको दोस्रो सिजनमा भारत महाराजाको टोलीले पनि खेल्ने भएको छ । भारत स्वतन्त्रताको ७५ औँ वर्षको उपलक्ष्यमा महाराजाले रेस्ट अफ द वर्ल्ड टिमसँग खेल्न ल लागेको हो । महाराजा टोलीको कप्तानी पूर्वभारतीय कप्तान सौरभ गांगुलीले गर्ने छन् ।

त्यस्तै, विपक्षी टोलीको कप्तान इयोन मोर्गन हुनेछन् । यो खेल सेप्टेम्बर १६ मा कोलकाताको इडेन गार्डेन मैदानमा हुनेछ । भारत महाराजा (भारतीय टीम) यो खेलमा १० विदेशी देशका खेलाडी सहभागी हुनेछन् । लिग भने १७ सेप्टेम्बरबाट सुरु हुने तालिका छ । लेजेन्ड्स लिग क्रिकेट फ्रेन्चाइज ढाँचामा हुनेछ । लिगमा चार टोलीले भाग लिने छन् । यो सिजनमा १५ वटा खेल हुनेछन् ।

भारत महाराजाको टोली : सौरभ गांगुली (कप्तान), वीरेन्द्र सहवाग, युसूफ पठान, मोहम्मद कैफ, सुब्रमण्यम बद्रीनाथ, इरफान पठान, पार्थिव पटेल, स्टुअर्ट बिन्नी, श्रीसान्त, हरभजन सिंह, नमन ओझा, अशोक डिन्डा, प्रज्ञान ओझा, अजय जडेजा, आरपी सिंह, जोगिन्दर शर्मा, रितिन्दर सिंह सोधी ।

रेस्ट अफ द वर्ल्ड टिम : इयोन मोर्गन (कप्तान), लेन्डल सिमन्स, हर्शल गिब्स, ज्याक कालिस, सनथ जयसूर्या, म्याट प्रायर, नाथन म्याकुलम, जोन्टी रोड्स, मुथैया मुरलीधरण, डेल स्टेन, ह्यामिल्टन मसाकाड्जा, मशरफे मोर्तजा, असगर अफगान, मिचेल जोन्सन, ओ ले केट, केभिन ओ’ब्रायन र दिनेश रामदिन ।

Loading...