महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
बैतडी:


महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।




शुक्रबार दिउँसो १ बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भएपनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको जनाएको छ ।


किशोरीहरु बेपत्ता भएका खबर पाउनासाथ नेपाल सबै सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ।

