शीर्ष १५ भित्र पनि परेनन् मेसी, रोनाल्डो र नेयमार
काठमाडौं ।


यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार राति मनोनयन सार्वजनिक गरेको हो । पुरुषको प्लेयर अफ दि इयर मनोनयनतर्फ शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना, रियल मड्रिडका करिम बेन्जिमा र थिवाउट कोर्टुइस छन् ।




गोलकिपर कोर्टोइस र बेन्जेमाले च्याम्पियन्स लिग जितेका समेत हुन् । यो सूचीको शीर्ष १५ मनोनयनमा लियोनल मेसी, नेयमार र क्रिस्टियानो रोनाल्डो अटाएनन् । बाँकी शीर्ष १५ भित्र परेका खेलाडीहरू : ४ रोबर्ट लेवान्डोस्की (बायर्न, हाल बार्सिलोना र पोल्याण्ड), ५ लुका मोड्रिच (रियल म्याड्रिड र क्रोएसिया), ६ साडियो माने (लिभरपुल, हाल बायर्न र सेनेगल), ७ मोहम्मद सलाह (लिभरपुल र इजिप्ट) ।


त्यस्तै, ८ केलियन एम्बाप्पे (पिएजी र फ्रान्स), ९ भिनिसियस जुनियर (रियल म्याड्रिड र ब्राजिल), १० भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स), ११ बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी र पोर्चुगल), १२ फिलिप कोस्टिक (इन्ट्राक्ट फ्रान्कफर्ट र सर्बिया), १३ लोरेन्जो पेलेग्रिनी (रोमा र इटाली), १४ ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल र इङ्गल्याण्ड) र १५ फाबिन्हो (लिभरपुल र ब्राजिल) शीर्ष १५ भित्र परेका छन् ।
युइएफएले रियलका कार्लो एन्सेलोटी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका जर्गेन क्लोपसहित पुरूष म्यानेजर अफ द इयर अवार्डका लागि छनोट सूची पनि सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट महिला खेलाडी र वर्ष प्रबन्धकको मनोनयन पछि सार्वजनिक गरिने भएको छ । सबै विजेताको घोषणा आगामी अगष्ट २५ मा इस्तानबुलमा च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा गरिनेछ ।


