‘द हन्ड्रेड’ मा ब्राभोविरुद्ध म्याक्सवेलको टोलीको रोमाञ्चक जित

काठमाडौं ।

इंग्ल्याण्डमा जारी द हन्ड्रेड क्रिकेट प्रतियोगिताअन्तर्गत १० औं खेलमा साउथ्रेन ब्राभोविरुद्ध लण्डन स्प्रिट ९ रनले विजयी भएको छ । लण्डनको यो लगातार तेस्रो जित हो । गएराति सम्पन्न खेलमा साउथ्रेनको भने यो दोस्रो हार हो । आफ्नो तेस्रो खेलमा लण्डनले दिएको १४८ रनको लक्ष्य पछ्याएको साउथ्रेनले १०० बलमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि रस ह्वाट्लीले ५२, एलेक्स डेविसले ३६, जेम्स फुलरले १८ र मार्कस स्टोइनिसले १४ रन बनाए । लण्डनका लागि जोर्डन थोम्सनले २० बलमा ३२ रन दिएर सर्वाधिक दुई विकेट लिए । त्यस्तै, ग्लेन म्याक्सवेल, लियाम दसन, ब्रड ह्वेल र मसन केर्नेले एक/एक विकेट लिए ।

त्यसअघि साउथह्याम्पनस्थित द रोज बउल मैदानमा टस जितेर ब्याटिङ रोजेको लण्डन स्प्रिटले १०० बलमा ६ विकेट गुमाएर १४७ रन बनायो । उसका लागि डानियल बेल–ड्रमन्डले ४६, ग्लेन म्याक्सवेलले ३४, किरण पोलार्डले अविजित २६ र ज्याक क्रलीले १३ रन बनाए ।

कप्तान इयोन मोर्गन भने एक रनमै आउट भए । साउथ्रेनका लागि माइकल होगानले दुई, मार्कस स्टोइनिस र जेम्स फुलरले एक/एक विकेट लिए । ६ अंक जोडेको लण्डन तालिकाको शीर्ष स्थानमा छ । साउथ्रेन ब्राभो २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । प्रतियोगितामा आठ टिमले प्रतिस्र्धा गरिरहेका छन् ।

Loading...