एसिया कपमा भारत भर्सेस पाकिस्तान : कुन टिम जित्ला? यस्तो छ पोन्टिङको अनुमान

काठमाडौं ।

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन् २०२२ को एसिया कपमा हुने समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराउनसक्ने बताएका छन् । रोहित शर्माको नेतृत्वमा रहेको टोली लगातार तेस्रो एसिया कपको उपाधि जित्ने लक्ष्यमा छ । प्रतियोगिताले यही वर्षको अन्त्यमा हुने टी–२० विश्वकपको तयारीको रूपमा पनि काम गर्नेछ ।

आईसीसीको समीक्षामा पोन्टिङले पाकिस्तानविरुद्धको खेल आफू भारतको समर्थनमा रहेको बताए । भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई लिएर उनलेक भनेका छन्, ‘विगत १५/२० वर्षलाई फर्केर हेर्दा म एक क्रिकेट प्रेमी हुँ र क्रिकेट पर्यवेक्षकको हैसियतमा जब पनि यस्तो खेल हुन्छ बसेर हेर्नु राम्रो हुन्छ किनकि यसमा एक दर्जा माथि जानु राम्रो हो ।’

पछिल्लोपटक भारतीय टोलीले छोटो फर्म्याटको एसिया कप जितेको थियो । यसपटक पनि भारतकोे प्रयास त्यस्तै हुनेछ । तर, पछिल्ला केही वर्षमा पाकिस्तानको टोलीले पनि सुधार गरेको छ । गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले भारतीय टोलीलाई हराएको थियो । यसपटकको एसिपा कपमा दुवै टोलीको प्रदर्शन कस्तो रहला त्यो हेर्न बाँकी छ ।

लिग चरणपछि सुपर–४ मा पनि भारत र पाकिस्तानबीचको खेल हुनसक्छ । यसबाहेक यदि भारत र पाकिस्तान फाइनलमा पुगे भने त्यहाँ पनि खेल हुने सम्भावना छ । तर, समय आएपछि अन्य कुरा प्रष्ट हुनेछन् ।

यूएई टी-२० लिगका लागि मुम्बईले अनुबन्ध गर्‍यो १४ खेलाडी, क-कसले पाए मौका?

ट्रेन्ट बोल्ट यूएई टी–२० लिगमा मुम्बई इन्डियन्समा आवद्ध भएका छन् । यूएई टी–२० लिगमा मुम्बई इन्डियन्सको नाम एमआई इमिरेट्स राखिएको छ । बोल्ट यस फ्रेन्चाइजले अनुबन्ध गरेका १४ खेलाडीमध्ये एक हुन् । प्रतियोगिताको पहिलो सिजन अर्को वर्षको जनवरी/फेब्रुअरीमा खेलाइने छ ।

किरोन पोलार्ड, ड्वेन ब्राभो, निकोलस पूरनलगायत खेलाडी पनि एमआई इमिरेट्समा अनुबन्ध भएका छन् । मुम्बई इमिरेट्सले अहिलेसम्म १४ खेलाडी अनुबन्ध गरिसकेको छ । बाँकी खेलाडी अुबन्धको काम पनि उसले छिट्टै सक्ने बताइएको छ । यो लिगका लागि नेपाली टिमका कप्तान सन्दीप लामिछाने मार्की खेलाडी छन् । यद्यपि उनले कुन टिमबाट खेल्ने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।

एमआई एमिरेट्सको टोली : किरोन पोलार्ड (वेस्ट इन्डिज), ड्वेन ब्राभो (वेस्ट इन्डिज), निकोलस पूरन (वेस्ट इन्डिज), ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड), आन्द्रे फ्लेचर (वेस्ट इन्डिज), इमरान ताहिर (दक्षिण अफ्रिका), समित पटेल (इंग्ल्याण्ड), विल स्मीद (इंग्ल्याण्ड), जोर्डन थोम्पसन (इंग्ल्यान्ड), नजिबुल्लाह जद्रान (अफगानिस्तान), जाहीर खान (अफगानिस्तान), फजलहक फारुकी (अफगानिस्तान), ब्राडली ह्वील (स्कटल्याण्ड) र बास डी लीडे (नेदरल्याण्ड्स) ।

Loading...