CTEVT द्वारा सुदूरपश्चिम बाहेक स्टाफ नर्सपढ्नको लागि नयाँ भर्नाको आवेदन खुल्यो (सूचना सहित)

अत्तरिया:

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा  शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना खुलेको छ । सुदूरपश्चिम बाहेक देशभरका बिभिन्न कलेज यस पाली पनि नयाँ भर्ना खुलेको छ । सिटिईभिटीको आज एक सूचना निकाल्दै शैक्षिक शत्र २०७९/०८० मा प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा पूर्ण शूल्कीय तथा छात्रबृतीका लागि आवेदन फाराम खोलेको छ । यस्तो छ सूचना जस्ताको तेस्तै ।

 

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष स्तरीय मिति २०७९।०४।२३ गतेको निर्णयानुसार परिषद्बाट संचालन सम्बन्धन/स्वीकृती पाएका आंगिक, साझेदार तथा नीजि स्तरमा संचालित देहालयका शिक्षालयहरुले परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०७९ भाद्र १० गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु भराउनु हुन  सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

एस.ई.ई÷एस.एल.सी÷प्रि–डिप्लोमा÷प्राविधिक एस.एल.सी तह उत्तीर्ण भएका बिद्यार्थीहरुले पेश गरेका शैक्षिक योग्यता वापत प्रदान गरिने अंक र प्रवेश परीक्षामा प्राप्त गरेको अंकको योगफल अनुसार कार्यव्रmम र कोटाहरुमा योग्यताक्रमानुसार छनौट हुने व्यहोरा अनुरोध छ । साथै यस सम्वन्धी विस्तृत विवरण “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०७९” मा उल्लेख गरिएको हुंदा धध।अतभखतभहबm।यचन।लउ मा राखिएको भर्ना सम्वन्धी निर्देशिका अध्ययन गर्नु हुन समेत अनुरोध छ ।

Loading...