अभिनेता प्रदिप खड्का सँगै कृष्टिना गुरुङ अभिनित ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक


काठमाडौँ :


फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गरेका हुन् ।



टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा हिउँले भरिएको मुस्ताङी दृश्य देखाइएको छ । १ मिनेट लामो टिजरमा प्रदीप छाएका छन् । टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् ।


छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ । । ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मलार्ई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार सुरु गरिसकेको छ ।
Teaser of first Indo-Nepali film ‘Prem Geet 3’ out. Trailer will be out on 18th August 12 noon @Zee music company YouTube channel. @pradeepkhadkaofficial
@kristinagurungofficial
@santoshsenofficial@subhashkale222
@gupta_prashant22@dr.yogesh_lakhani@DwaparPromoters pic.twitter.com/LqeHGhWDCk— Komal Nahta (@KomalNahta) August 13, 2022

