एसिया कपका लागि बंगलादेशको टोली घोषणा, फेरि कप्तान परिवर्तन


काठमाडौं ।


बंगलादेशले यस महिनाको अन्त्यमा सुरु हुने एसिया कपका लागि १७ सदस्यीय टोलीको घोषणा गरेको छ । साथै, उसले एसिया कपका साथैयही वर्षको अन्त्यमा हुने टी–२० विश्वकपका लागि पनि आफ्नो कप्तानको घोषणा गरेको छ । टोलीको कप्तानी स्टार अलराउन्डर शाकिवअल हसनले पाएका छन् ।



उनले विगतमा पनि टोलीको कप्तानी गरिसकेका छन् । बीचमा प्रतिबन्धका कारण शाकिवले कप्तानी गुमाएका थिए । कप्तानको रूपमा आफ्नो नयाँ कार्यकालमा उनको पहिलो असाइनमेन्ट २७ अगस्तबाट सुरु हुने एसिया कपबाट सुरु हुनेछ ।


एसिया कपका लागि बंगलादेशको टोलीः शाकिवअल हसन (कप्तान), अनमुल हक, मुशफिकुर रहीम, अफिफ हुसेन, मोसाद्देक हुसेन, महमुदुल्लाह, महेदी हसन, मोहम्मद सैफुद्दीन, हसन महमुद, मुस्तफिजुर रहमान, नसुम अहमद, सब्बीर रहमान, मेहदी हसन मिराज, इबादोत हुसेन, पराभ हुसेन इमन, नुरुल हसन सोहन र तास्किन अहमद ।
एसिया कपमा भारत भर्सेस पाकिस्तान : कुन टिम जित्ला? यस्तो छ पोन्टिङको अनुमान

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन् २०२२ को एसिया कपमा हुने समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराउनसक्ने बताएका छन् । रोहित शर्माको नेतृत्वमा रहेको टोली लगातार तेस्रो एसिया कपको उपाधि जित्ने लक्ष्यमा छ । प्रतियोगिताले यही वर्षको अन्त्यमा हुने टी–२० विश्वकपको तयारीको रूपमा पनि काम गर्नेछ ।
आईसीसीको समीक्षामा पोन्टिङले पाकिस्तानविरुद्धको खेल आफू भारतको समर्थनमा रहेको बताए । भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई लिएर उनलेक भनेका छन्, ‘विगत १५/२० वर्षलाई फर्केर हेर्दा म एक क्रिकेट प्रेमी हुँ र क्रिकेट पर्यवेक्षकको हैसियतमा जब पनि यस्तो खेल हुन्छ बसेर हेर्नु राम्रो हुन्छ किनकि यसमा एक दर्जा माथि जानु राम्रो हो ।’
पछिल्लोपटक भारतीय टोलीले छोटो फर्म्याटको एसिया कप जितेको थियो । यसपटक पनि भारतकोे प्रयास त्यस्तै हुनेछ । तर, पछिल्ला केही वर्षमा पाकिस्तानको टोलीले पनि सुधार गरेको छ । गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले भारतीय टोलीलाई हराएको थियो । यसपटकको एसिपा कपमा दुवै टोलीको प्रदर्शन कस्तो रहला त्यो हेर्न बाँकी छ ।
लिग चरणपछि सुपर–४ मा पनि भारत र पाकिस्तानबीचको खेल हुनसक्छ । यसबाहेक यदि भारत र पाकिस्तान फाइनलमा पुगे भने त्यहाँ पनि खेल हुने सम्भावना छ । तर, समय आएपछि अन्य कुरा प्रष्ट हुनेछन् ।

