मनिष डाँगीलाई बहराइनमा ठूलो मौका, अनुबन्ध भए चर्चित क्लबमा


काठमाडौं ।


नेपाली फुटबल टोलीका महत्वपूर्ण सदस्य मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएका छन् । उनी त्यहाँ इतेहाद अल रिफ क्लबमा अनुबन्ध भएका हुन् । मनिषलाई अनुबन्ध गर्ने इतेहाद त्यहाँ दोस्रो डिभिजन क्लब हो । उसले मनिषलाई २०२२/०२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।



इतिहादले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट मनिषलाई सभत्र्याएको जनाएको छ । उनले पछिल्लो सिजनको ‘ए’ डिभिजन क्लब मछिन्द्रबाट खेलेका थिए । मनिषले खेलेको सिजनमा मछिन्द्र च्याम्पियन पनि बन्यो । उनले हालसम्म नेपालका लागि ११ म्याच खेलिसकेका छन् । मनिषले इराकमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए ।


बार्सिलोनाका यी ४ नयाँ खेलाडी, जाे ला लिगामा दर्ता भए
बार्सिलोनाका चार नयाँ खेलाडी स्पेनिस ला लिगा फुटबलमा दर्ता भएका छन् । ला लिगाले बार्सिलोनाका चार नयाँ खेलाडी दर्ता भएको र उनीहरू लिग खेल्न योग्य रहेको जनाएको छ । बार्सिलोनाले हालै अनुबन्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन दर्ता गरेको हो ।

दर्ता भएसँगै चारै खेलाडीले लिग खेल्न पाउने छन् । बार्सिलोनाले शनिबार रायो भ्यालेकानोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरुवात गर्नेछ । क्लबले अनुबन्ध गरेको जुल्स कुन्डे भने दर्ता भएका छैनन् । फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले यस अघि खेलाडी दर्ता गर्न सकेको थिएन ।
गम्भीर आर्थिक समस्याको बाबजुत बार्सिलोनाले पाँच खेलाडी अनुबन्ध गरेको थियो । आर्थिक समस्या हुँदा समेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गरेको थियो ।
मेस्सी १५ वर्षपछि बलुन डी´ओरकाे शीर्ष ३० बाट बाहिर
बलुन डी´ओर को शीर्ष ३० सार्वजनिक हुँदा अर्जेन्टिनी फरवार्ड लियाेनल मेस्सीको नाम छुट्नु फुटबल प्रेमीका लागि आश्चर्य हुन सक्छ । किनकि उनी लगातार १५ वर्ष देखि याे सुचीमा अटाउँदै आएका छन् । तर, यसपटक सर्वाधिक सात पटकका बलुन डी´ओर विजेता मेस्सी शीर्ष ३० को सूचीबाट बाहिरिएका छन् ।
उनी २०२१ को बलोन डी´अर विजेता हुन् । यस क्रममा मेस्सीले २०२०/२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए । २०२१/२२ सिजन उनका लागि सुखद रहेन । मेस्सीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरे ।
सन् २००५ यता मेस्सी लगातार बलुन डी´ओरको सुचीमा पर्दै आएका थिए । मेस्सीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन् । रोनाल्डो पाँच पटकका विजेता हुन् ।
यसपटक रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भूमिका खेलेका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई बलुन डी´ ओरको मुख्य दाबेदारको रूपमा हेरिएको छ ।

