नेपाल पुगेलगत्तै यस्तो भन्छन् क्रिकेट मुख्य प्रशिक्षक प्रभावकर

काठमाडौं ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन् । उनी शनिबार साँझ काठमाडौं आइपुगेका पुगेका हुन् । त्रिभुवन विमानस्थलमा अवरतरणलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक प्रभावकरले नेपाली क्रिकेटको चुनौती स्वीकार तयार रहेको बताए । ‘मेरो लागि यो चुनौती हो, त्यसलाई स्वीकार गर्दै आएको छु,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । बलिङ अलराउन्डर प्रभाकरले भारतका लागि १३० एकदिवसीय र ३९ टेष्ट म्याच खेलेका छन् । जसमध्ये उनले ३९ टेष्टको ६८ पारीमा ९६ विकेट लिएका छन् ।

 

टेष्टमा उनको उच्च बलिङ १३२ रन दिएर ६ विकेट लिनु हो । प्रभाकरले टेष्टमा चारपटक चार र तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् । त्यस्तै, उनले टेष्टमा ५८ पारीमा ९ अर्धशतक र एक शतकको मद्दतमा १६ सय रन बनाएका छन् । टेष्टमा प्रभाकरको उच्च स्कोर १२० रन हो । उनले एकदिवसीयमा १२७ पारीमा ४.२७ को इकोनमीमा १५७ विकेट लिएका छन् । यो प्रारूपमा उनको उत्कृष्ट बलिङ स्पेल ३३ रन दिएर ५ विकेट लिनु हो ।

उनले एकदिवसीयमा दुईपटक पाँच विकेट लिएका छन् । त्यस्तै, प्रभावकरले एकदिवसीयको ९८ पारीमा ११ अर्धशतक र दुई शतकको सहयोगमा १ हजार ८५८ रन बनाएका छन् । साथै, उनले २१४ लिस्ट ‘ए’ र १५४ प्रथम श्रेणी म्याच पनि खेलेका छन् । सन् १९८४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका प्रभावकरले अन्तिमपटक १९९६ मा खेलेका थिए । उनले २५८ विकेट लिनुका साथै ३ हजार ४५८ अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

टेष्टमा उनले एक शतक र ९ अर्धशतक बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय करियरमा दुई शतक र ११ अर्धशतक बनाए । त्यस्तै, प्रभाकरले वानडेमा १५७ र टेष्टमा ९६ विकेट लिएका छन् । १५ अप्रिल १९६३ मा उत्तर प्रदेशमा जन्मिएका उनले प्रशिक्षकको रूपमा अफगानिस्तानसँगै रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको टोलीको जिम्मेवारी सम्हालिसकेका छन् ।

Loading...